जनप्रकाश माविमा सम्मान

समाधान संवाददाता २०७९ असोज ११ गते १२:२५

लेखनाथ ।
पोखरा २९ को भण्डारढिकमा रहको जनप्रकाश माविले सोमबार शुभकामना आदनप्रदानसहित नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । विजयादशमी तथा दीपावलीको अवसर पारेर विद्यालयले सामूहिक रुपमा टीका र जमरा लगाएर शुभकामना आदनप्रदानसहित पोखरा महानगपालिका वडा नं २९ जनप्रतिनिधिलाई सम्मान गरेको हो ।

शिक्षक अभिभावक संघका अध्यक्ष कमलबहादुर पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम सुवेदी, वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ, वडा सदस्य निर्मला पौडेल, क्षेत्रबहादुर गुरुङ, कालिदास पोखरेल, विद्यालयका प्रधानाध्यापक शेखरनाथ शर्मा, पूर्व प्रधानाध्यापक शिवमणि भण्डारी, विद्यालय ब्यवस्थापन समितिका सदस्य प्रमोद भण्डारी, उच्च मावि संयोजक मनोज पौडेल, सहायक प्रधानाध्यापक गोपिराज अधिकारी र अंग्रेजी माध्यम संयोजक शालिक सुवेदीले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया