हाम्रो सहकारीको १२ औं सभा

पोखरा ।
हाम्रो सामुदायिक साकोस बैदाम ६ डिहिकोपाटनको १२ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको अध्यक्षतामा संस्थाका अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठ र प्रमुख अतिथिको रुपमा वडा नं ६ का वडाध्यक्ष विष्णु बहादुर भट्टराई थिए ।
स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष पम्फा पहारीले गरेकी थिइन् । संस्थाका अध्यक्षले वार्षिक प्रतिवेदन तथा आगामि वर्षको कार्यक्रम, कोषाध्यक्ष पदम राज पहारीले कोषाध्यक्षको प्रतिवेदन र लेखा संयोजक ठाकुर प्रसाद बरालले वार्षिक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थामा हाल १९०२ जना शेयर सदस्य छन् । संस्थाको कुल शेयर पुँजी ८ करोड १९ लाख रहेको छ । बचत २० करोड ६९ लाख छ भने कर्जा लगानी ३१ करोड २८ लाख गरि कर बापत २१ लाख ७६ हजार जम्मा गरेको सहकारीका व्यवस्थापक डम्मरुराज बरालले बताए ।
उत्कृष्ट कारोबार गर्न सफल शेयर सदस्य सब्बा कुमार श्रेष्ठ र पार्वती पौडेललाई सम्मान गरिएको थियो । डीला खत्री क्षेत्री रोक्कालाई उत्कृष्ट कर्मचारी सम्मान गरिएको थियो । वडा नं ६ का वडाध्यक्ष र सदस्य समेत संस्थाका शेयर सदस्य भएकोले उनीहरुलाई पनि सम्मान गरिएको थियो ।
शेयर सदस्यका तर्फवाट जमुना पहारी र नारायण सुबेदी, कानूनि सल्लाहाकार कमल प्रसाद अर्याल, पोखरा महानगर सहकारी संघका अध्यक्ष बलराम गौतमले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संचालन संस्थाका सचिव भरतबहादुर पौडेलले गरेका थिए ।








सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
लेखनाथमा भोलिबाट महोत्सव
मादी पुल वैशाखभित्रै बन्ने
सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया