लेकसाइडमा खुल्याे ब्लुज हाउस

पोखरा ।
पोखरा ६ लेकसाइड गैराको चौतारामा नयाँ रेस्टुरेन्ट ब्लुज हाउस सञ्चालनमा आएको छ । पोखरा ६ बैदामका ईश्वर बराल, मिलन गुरुङ, बुद्धि थापा, ईश्वरकुमार श्रेष्ठ, सरोजकुमार श्रेष्ठ र बद्री श्रेष्ठले रेस्टुरेन्टमा लगानी गरेका छन् । करिब ३ करोड लगानी गरी रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । रेस्टुरेन्टमा २० जनालाई रोजगारी दिइएको सञ्चालक समिति अध्यक्ष ईश्वर बरालले जानकारी दिए । खानासँगै संगीतको कलामार्फत ग्राहकलाई मनोरञ्जन दिने उद्देश्यले रेस्टुरेन्टको आकृति पनि तेही अनुरुपमा डिजाइन गरिएको अध्यक्ष बरालले जानकारी दिए ।
रेस्टुरेन्ट सोमबार पोखरा ६ का वडाध्यक्ष विष्णु बहादुर भट्टराई र समाजसेवी राधादेवी बरालले सुरुआत गरे । भट्टराईले नेपालमै केही गर्नुपर्छ भन्ने सोचले खोलेको रेस्टुरेन्टको सफलताको कामना गरे । स्थानीय युवाहले सुरुवात गरेको व्यवसायलाई स्थानीय बासिन्दाले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । समाजसेवी बरालले युवाको जोश, जाँगरलाई उत्पादन क्षेत्रमा प्रयोग गर्ने सकेमा राष्ट्र समृद्धितर्फ आगाडि बढ्ने विश्वास व्यक्त गरिन् ।
लगानी कर्ता मिलन गुरुङले नेपाली युवालाई नेपालमै स्वरोजगार हुन प्ररित गर्ने उदेश्यले रेस्टुरेन्ट सञ्चालनमा ल्याएको जनाए । भविष्यमा पोखराका अन्य ठाँउमा पनि शाखा खोल्ने योजना रहेको उनले सुनाए । चाइनिज, इटालियन र कन्टिनेन्टल खानाका परिकारको स्वाद लिन पाइने रेस्टुरेन्टमा सुभारम्भ तथा चाडपर्वको अवसरमा हरेक मेनुमा २० प्रतिशतसम्म छुट दिइने गुरुङले जानकारी दिए ।








टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया