बाच्छु भन्ने रत्तिभर थिएन

समाधान संवाददाता २०७९ असोज १२ गते ११:०४

पोखरा ।
म भर्खरै डेंगुबाट सर्भाइभ भएँ । बाचेँ भन्छु, किनभने यहाँ धेरै मान्छेमा भ्रम छ, पोखरामा डेंगु छैन, काठमाडौंमा मात्रै छ, अनि यो डेंगु केही पनि होइन । यो जहाँ त्यही छ अनि नेपालका हरेक जिल्लामा एकदम छिटो पुगेको हो डेंगु । मलाई डेंगु लाग्दा खेरी सुरुमै लाग्यो कि म बच्दिनँ ।

शुक्रबार रातिचाहिँ ठीकै थिएँ । राति २ बजे ब्युझिएँ । ब्युझिँदा टाउको मेरो हो अरु कसैको, मलाई सेन्स नै थिएन । एकदमै दुखिराखेको थियो । म जता कोल्टो फर्किएर सुतेको थिएँ, त्यतै थिएँ । यताउता पनि फर्किन नसक्ने अवस्था बन्यो । मलाई अब उठेर बाहिर हिड्छु होला, बाच्छु होला भन्ने नै लागेन । ज्वरो आउने, टाउको एकदमै दुख्ने, शरीरमा पीडा भएर एकदमै गाह्रो हुने भयो । खाना पनि नरुच्ने, बान्ता हुने, एकदमै गाह्रो भयो । मलाई लाग्छ ६ दिनसम्म मैले अन्न नै खाइनँ ।

फ्रेस जुस र जीवनजलमात्रै खान सकेँ । सिबिसी जाँच गर्दा प्लेटेलेट्स पनि घटेको थियो । हेमोग्लोबिन झन् ९.६ मा झरेको थियो । डब्लुबिसी त एकदमै थोरै थियो, २२ सय । त्यसपछि १६ सयसम्म पुग्यो । एकदमै डरलाग्दो अवस्था थियो । प्लेटेलेट्स पनि घट्ने, सबै घट्दा खेरी ज्वरो ७/८ दिन बेसरी आउने र टाउको दुख्दा बाच्ने आशा रत्तिभर थिएन । डेंगु केही पनि होइन भन्ने नठान्नुस् । यसलाई गम्भीरतापूर्वक लिनुस् । म त डंगुको पन्जामा परिहालेँ, अब तपाईहरुचाहिँ जोगिनुहोला ।

Advertisement

लक्ष्मी शर्मा, शिक्षक

Advertisement

तपाईको प्रतिक्रिया