पोखरा उद्योग वाणिज्य संघमा शुभकामना

समाधान संवाददाता २०७९ असोज १२ गते १२:२०

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघले मंगलबार दसैं, तिहार, नेपाल संवत र छठको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा पोखरा महानगरपालिकामा मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, नेपाल उद्योग वाणिज्य महासंघका तथा संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, अर्का पूर्वअध्यक्ष चण्डीराज ढकाल, पूर्वउपाध्यक्ष उमेश श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी अध्यक्ष सञ्जीवबहादुर कोइराला, केन्द्रीय सदस्य दामु अधिकारी, अर्का केन्द्रीय सदस्य बलराम गिरी, पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरु सुरेशकुमार राजभण्डारी, वसन्त उदास, दीपक श्रेष्ठ, राजेन्द्रकुमार लालचन, मानकाजी माकाजु र कृष्णमोहन श्रेष्ठ, निवर्तमान अध्यक्ष नारायण कोइराला, विभिन्न सरकारी तथा गैरसकारी निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवा, संघका साधारण सदस्य लगायत सहभागी थिए ।

संघका अध्यक्ष प्रजापतिले शुभकामना आदानप्रदान कार्यक्रमलाई औपचारिकमात्रै नभएर आपसी सम्बन्ध विस्तारको महत्वपूर्ण अवसरको रुपमा लिएको बताए । अध्यक्ष प्रजापतिले आर्थिक समृद्धिका लागि सबैको सहकार्य जरुरी रहेको औंल्याए । पोखरा उद्योग वाणिज्य संघले यसअघि नै दैनिक उपभोग्य वस्तुमा छुट दिन व्यवसायीलाई आग्रह गरेको स्मरण गर्दै उनले मितव्ययी हुन आम नागरिकसँग अनुरोध गरे ।

‘हामीले व्यवसायीहरुलाई चाडबाडमा सक्दो छुट दिन र शान्ति, सुरक्षाको प्रबन्ध मिलाउन प्रशासनसँग अनुरोध गरेका छौँ’, उनले भने, ‘चाडपर्वहरुले देशमा समृद्धि र सुख ल्याओस् भन्ने हाम्रो कामना हो ।’ संघका महासचिव बलराम आचार्यले व्यवसायीमाथि आइपर्ने समस्या समाधानको लागि संघ सदैव क्रियाशील रहने उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया