सार्वजनिक शिक्षालाई व्यवस्थित बनाइने

पोखरा ।
दसैं, तिहार २०७९ को अवसरमा स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्बर ४ गलेमका रहेको शितला माध्यमिक विद्यालयले शुभकामना आदानप्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले माध्यमिक तहको शिक्षालाई समयसापेक्ष र गुणस्तरीय बनाउन पालिकाले पर्याप्त ध्यान दिएको बताए । उनले सार्वजनिक शिक्षालाई व्यवस्थित बनाउन सक्रियतापूर्वक लागेको जनाए ।
उपाध्यक्ष देउकुमारी गुरुङ ‘चिजा’ पालिकाले कक्षा १देखि ८सम्मको पाठ्य पुस्तक बनाएर पढाई सुुरुवात गरेको बताइन् । उनले चलचित्र निर्देशक चेतन कार्की, गुरुङ आदिकवि हर्क गुरुङ र शिक्षासेवी दिलबहादुर गुरुङको जीवनीमा आधारित पाठ्यपुस्तक तयार पारेको जानकारी दिइन् ।
कार्यक्रममा फेदीखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष खेमनारायण पौडेल, निवर्तमान वडा अध्यक्ष माधवप्रसाद सुवेदी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलबहादुर गुरुङ, विद्यालयका प्रधानाध्यापक तुलसीराम पौडेल लगायतले शिक्षाको महत्वबारे प्रकाश पारेका थिए ।







पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया