गुरुङ प्राज्ञिक मञ्चको सभा

पोखरा ।
गुरुङ समुदायका प्राज्ञिक, बौद्धिक एवं व्यवसायिक व्यक्तित्वहरुको संस्था गुरुङ प्राज्ञिक तथा व्यवसायिक मञ्च नेपालको सोमबार पोखरामा १२ औं वार्षिक साधारणसभा भएको छ । सभामा गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङले तमुहरुको बौद्धिक एवं राजनीतिक व्यक्तित्व कसैको दासत्व स्वीकार्ने होइन समस्यालाई चिर्दै अघि बढ्नुपर्ने बताए ।
नेपालमा धेरै जालझेल हुने गरेकाले तमुहरुको थिंक ट्यांकको रुपमा स्थापित संस्थाका अगुवा समुदाय, समाज र मुलुकलाई मार्गनिर्देश हुने गरी इमान्दारी र निरन्तर अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले स्थानीय जनप्रतिनिधि (तमु)हरुलाई सम्मान गर्दै अधिकार जति केन्द्रिकृत गरेर संघीयता कमजोर बनाउने, शिक्षा ऐन, कर्मचारी ऐन, प्रहरी ऐन जस्ता महत्वपूर्ण ऐनसमेत अझै बनाइएको गुनासो गरे । स्थानीय तह भ्रष्टचारको केन्द्रको रुपमा परिभाषित हुँदै गरेको अवस्थामा तमु जनप्रतिनिधि सचेत र सजग भई जनता र मुलुकको सेवामा समर्पित हुनुपर्ने उनको जोड छ ।
मादी गाँउपालिका अध्यक्ष देवीजंग गुरुङ, रुपा गाँउपालिका उपाध्यक्ष लालसुब्बा गुरुङ, मादी गाँउपालिका उपाध्यक्ष कल्पना गुरुङ र पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङलाई मञ्चले सम्मान गरेको छ । मञ्चका अध्यक्ष रत्नमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु प्ये ल्हु संघका अध्यक्ष हितकाजी गुरुङ, उपाध्यक्ष अधिवक्ता अनिता गुरुङ र सचिव कमल गुरुङ लगायतले बोलेका थिए ।
सभाले सचिव कमल गुरुङको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गंगाबहादुर गुरुङको आर्थिक प्रतिवेदन पारित गरेको छ ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया