हेमजा भूपू सैनिक सहकारीको सभा
पोखरा ।
हेमजा भूपू सैनिक बचत तथा ऋण सहकारी पोखरा २५ हेमजाको सातौं साधारण सभा बुधबार भएको छ । सभामा पोखरा २५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले सहकारी बचत तथा ऋणमा मात्र नभई उत्पादनसँग जोडिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा लेखा परीक्षक विष्णुप्रसाद बराल, पोखरा महानगरपालिका सहकारी शाखाका प्रमुख भरतराज पौडेल, किसान बहुउद्देश्यीय सहकारी अध्यक्ष मोतीराम तिमिल्सिना, संस्थापक अध्यक्ष टेकबहादुर कुँवर, सेयर सदस्य झंकनाथ तिमिल्सिना, रूस्तम कुँवर लगायतले बोलेका थिए ।
सभामा उत्कृष्ट बचतकर्ता देउमाया तिमिल्सिना, उत्कृष्ट कर्जामा झविलाल सापकोटा, उत्कृष्ट पशुपालन गर्ने टेकनाथ दाहाल र ज्येष्ठ सेयर सदस्य जगतबहादुर थापालाई सम्मान गरियो । कार्यक्रममा सचिव शेरबहादुर कार्कीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्यामबहादुर कुँवरले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रम संस्थाका अध्यक्ष सुरेशबहादुर सापकोटाको अध्यक्षतामा भएको थियो ।
तपाईको प्रतिक्रिया