कोट देउरालीमा महाआरती

समाधान संवाददाता २०७९ असोज १३ गते १५:१५

पोखरा ।
पोखरा वडा नं ३१ पचभैया स्थित कोट देउराली मन्दिरमा दसैंको उपलक्ष्यमा महाआरती भएको छ । सोमबार घटस्थापनाका दिन स्थनीय कोट देउराली मन्दिर व्यवस्थापन समितिले आरती सञ्चालन गरेको हो ।

बेगनासताल क्षेत्रको सबैभन्दा पुरानो यस मन्दिरको एतिहासिक र धार्मिक महत्व छ । यहाँ पहिलो पटक महाआरती गरिएको हो । महाआरतीका लागि स्थानीय कोट देउराली नमुना आमा समूह संस्थागत रुपमै कर्ता बसेको थियो ।

कार्यक्रममा सामाजिक व्यक्तित्व डमबहादु पुनले प्राचीन कालदेखिकै एतिहासिक देउराली मन्दिरपछाडि परेको भन्दै यस्ता ठाउँलाई उजागर गर्न सबैको हातेमालो जरुरी भएको औंल्याए । उनले मन्दिर व्यवस्थापनका लागि ५ लाख रुपैयाँको अक्षयकोष राखेका छन् ।

Advertisement

कोट देउराली मन्दिर व्यवस्थापन समिति अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा राममणि अधिकारी, देउराली नमुना आमा समूह सचिव विपना थापा, कोट देउराली मन्दिर व्यवस्थापन समिति सचिव गणेश ढकाल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया