मेयरलाई जलकुम्भीको माला

समाधान संवाददाता २०७९ असोज १३ गते १७:५५

पोखरा ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीले बिहीबार फेवातालको माथी डुगांमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई जलकुम्भीको पातको माला लगाएर स्वागत गरिएको छ ।

कार्यक्रममा बोल्दै मेयर आचार्यले फेवाताल सबै नेपालीको सम्पत्ती भएको र यसको संरक्षण सबैको दायित्व रहेको बताए । पोखरा महानगरपनि यसबारे सचेत रहेको तालको संरक्षणमा कुनै पनि कसर नछोड्ने उनले बताए । फेवातालमा जलकुम्भी झारको प्रकोप वर्षेनी हुने गरेको हुँदा यसको स्थायी समाधान तर्फ महानगरले अध्ययन शुरु गरिसकेको मेयर आचार्यले जानकारी दिए । साथै अहिले देखिएको जलकुम्भी झारलाई प्राङगारिक मल बनाउन सकिने पुष्टि भैसकेको हुँदा त्यसतर्फ पनि महानगरले कदम चालिसकेको उनले बताए ।

त्यस्तै कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले फेवाताल संरक्षणका लागि संघ सदैव रहेको बताए । साथै उनले जलकुम्भी झारको पनि विशेषता पहिचान गरि उचित तरिकाले प्रयोगमा ल्याउन सकिनेतर्फ अध्ययन गर्न आवश्यक रहेको बताए ।

Advertisement

कार्यक्रमलाई फरक तरिकाले गर्ने र शुभकामना दिने मात्र नभई तालको बारेमा चासो बढाउन तालमाथी नै कार्यक्रम गरिएको पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीका अध्यक्ष बैकुण्ठ पौडेलले जानकारी दिए । कार्यक्रममा महासंघ कास्कीले फेवा डुङ्गा व्यवसायी समितिलाई नगद १० हजार र ४ वटा डस्बिन सहयोग गरेको थियो । साथै महासंघले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई सम्मान समेत गरेको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा कलम बचत तथा ऋृण सहकारी संस्थाका अर्जुन पोखरेल, महासंघका केद्रिय सचिव सकुन्तला शर्मा, फेवा डुङ्गा व्यावसाइी समितिका अध्यक्ष बलराम गिरी, महासंघ कास्कि शाखाका सल्लाहकार समितिका सभापति प्रेम बहादुर श्रेष्ठलगाएतले शुभकामना व्यक्त गरेका थिए ।

Advertisement

कार्यक्रममा स्वागत मन्तव्य महासंघका उपाध्यक्ष कविन्द्र पोखरेलले राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव प्रकाश बास्तोलाले गरेका थिए ।

तपाईको प्रतिक्रिया