३७ युनिट रगत संकलन

समाधान संवाददाता २०७९ असोज १४ गते १२:३६

पोखरा ।
आदर्श बचत तथा ऋण सहकारी पोखरा १३ आर्वाले संस्थाको वार्षिकोत्सवको पूर्व सन्ध्यामा आयोजना गरेको खुला रक्तदानमा ३७ युनिट रगत संकलन भएको छ । निशुल्क बाथरोगसम्बन्धी रगत परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रममा ७७ जनाले रगत परीक्षण गराउनुका साथै स्वास्थ्य सचेतना लिएका छन् ।

Advertisement

लायन्स क्लब अफ भद्रकाली र सहकारीले मिलेर कार्यक्रम गरेका हुन् । कार्यक्रममा नेसनल बाथरोग सेन्टर मुस्ताङचोकले निशुल्क रुपमा रगत परीक्षणका साथै स्वास्थ्य सचेतना दिएको थियो ।

पोखरा १३ का वडाध्यक्ष किरण बरालले पहिलो रक्तदाता यज्ञप्रसाद बराललाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदात सुरुआत गरेका थिए । अध्यक्ष बरालले सहकारीहरुले सामाजिक सेवामा पनी उत्तिकै ध्यान दिई काम गर्नुपर्ने बताए ।

सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ ब्लड डोनेसन गण्डकी प्रदेश संयोजक बालकृष्ण रिउरे, रक्त सञ्चार केन्द्र पोखराका संयोजक अर्जुन ज्ञवाली, लायन्स भद्रकाली अध्यक्ष अमृत पौडेल, पूर्व अध्यक्षहरु वसन्तराज सिग्देल, शंकर ज्ञवाली, मोहरपानी आदर्श टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देल, सहकारीका सेयर सदस्य विष्णुप्रसाद बराल, ऋण परिचालन उपसमिति संयोजक यज्ञप्रसाद बराल र सचिव सूर्यप्रसाद बरालले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया