कर्मचारी साकोसको सभा

समाधान संवाददाता २०७९ असोज १४ गते १२:४१

पोखरा ।
कर्मचारी बचत तथा ऋण सहकारीको १५ औं साधारण सभा शनिबार भएको छ । कार्यक्रममा कास्कीका सिडिओ टेकबहादुर केसीले सजग भएर सहकारीलाई अगाडि बढाउनुपर्ने बताए ।

कार्यक्रममा जिल्ला सहकारी सघं कास्की अध्यक्ष सावित्रा कोइराला, पोखरा महानगरपालिका सहकारी समिति अध्यक्ष रविरमण तिवारी, कृषि विकास निर्देशनालायका वासु रेग्मी, सहकारी रजिस्टार कार्यालयका रमेश घर्ती, नेपाल निजामती कर्मचारी युनियनका गण्डकी संयोजक दीपक रेग्मी, नेपाल निजामती कर्मचारी युनियनका निवर्तमान उपाध्यक्ष सुरेन्द्रप्रसाद अधिकारी, सहकारीका संस्थापक अध्यक्ष रामजीप्रसाद कोइराला, डा. प्रेमप्रसाद पगेनी, दीपेन थापा, नरेश पाण्डे, अनन्त लम्साल, सूर्य बराल, सहकारीका उपाध्यक्ष वद्री पौडेल, सहकारीका सदस्य केदार सापकोटा लगायतले बोलेका थिए ।

सभामा सहकारीका अध्यक्ष महेशकुमार सिग्देलले सहकारीको प्रगति विवरण, सचिव सुरेशकुमार श्रेष्ठले सहकारीको सम्पत्ति, दायित्व र आम्दानी तथा खर्चको अवस्था र २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

Advertisement

तपाईको प्रतिक्रिया