नागरिक परोपकारको मिडिया उपसमिति

समाधान संवाददाता २०७९ असोज १४ गते १२:४६

लेखाथ ।
नागरिक परोपकार समन्वय संस्थाको मिडिया उपसमितिको संयोजकमा भिमपाणि बराल चयन भएका छन् । संस्थाका अध्यक्ष चिरन्जीवी तिवारीको अध्यक्षतामा बुधबार बसेको बैठकले बराललाई सर्वसम्मत रुपमा मिडिया संयोजक चयन गरेको हो ।

सदस्यमा कविराज खनाल, महेन्द्र ढुंगाना सञ्जय आचार्य, विष्णुहरि पौडेल, सुमन जिसी, ऋषिराम रानाभाट, बुद्धि सुनार, रामशरण नेपाली, सन्दीप पौडेल, परशुराम शर्मा आचार्य, स्मीता अधिकारी तिवारी, नवराज सापकोटा, सचिन रानाभाट, लक्ष्मण विजयपति, दीपक परियार, वासुदेव पौडेल, विवेक न्यौपाने, अनिशा श्रेष्ठ, सुजित परियार र रामप्रसाद तिमिल्सिना छन् ।

संस्थाका अध्यक्ष तिवारीले कोभिड १९ ले विश्वमा नै आक्रान्त पारेको विषम परिस्थितिमा संस्थाको स्थापना भएको बताउँदै यसले विभिन्न उपसमितिबाट पोखरा महानगर क्षेत्रमा विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यलाई अगाडि बढाइएको बताए ।
लेखनाथ स्थित विभिन्न मिडियामा रहेका पत्रकारको उपस्थिति रहेको उक्त बैठकमा संयोजक बरालले सबै पत्रकार र संस्थाले आफूलाई विश्वास गरी मिडिया उपसमितिको संयोजकमा चयन गरेकोमा आभार व्यक्त गरे ।

Advertisement

उनले सञ्चार क्षेत्र र परोपकार समन्वय संस्थाको आपसी समन्वयबाट नै सामाजिक तथा मानवय सेवाका कार्य गर्न सकिने बताए । २०७७ साल वैशाख १ गते नागरिक परोपकार समन्वय संस्था स्थापना भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया