छिट्टै अर्थतन्त्रमा सुधार आउँछः प्रमुख खरेल

समाधान संवाददाता २०७९ असोज १४ गते १३:०२

लेखनाथ ।
नेपाल राष्ट्र बैंक पोखरा साखाका प्रमुख रामशरण खरेलले अवको केही समयमा अर्थतन्त्रमा सुधार आउने विश्वास व्यक्त गरेका छन् । लेखनाथ उद्योग वाणिज्य संघले शुक्रबार राखेको व्यवसायि र बैंकर्स विचको छलफल तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख खरेलले वर्तमान अवस्थामा अर्थतन्त्रमा देखिएका समस्याका कारण व्यवसायीमा केही अप्ठेरो अवस्था आएको बताए । यसको सहि निकासका लागि राष्ट्र बैंक चिन्तनसिल भएकाले अव छिटै यो अवस्थाको अन्त्ये हुने उनले विश्वास दिलाए ।

सरकारले ल्याएको मौद्रीक नीति देखि रेमिट्यान्समा देखिएको सुधार र पर्यटन आगमनमा भएको बृद्धिले यसलाई सहज तुल्याउने र बैंकहरुलाई उत्पादनसिल क्षेत्रमा लागनी वढाउन प्रेरित गरेकाले अवका केही दिनमा अर्थत्रन्त्रमा क्रमश सुधार आउँछ उनको भनाई थियो ।

कोभिडका कारण विश्व अर्थतन्त्रमा नकरात्मक असर परेको र त्यसको प्रभाव नेपालमा पनि परेको यथार्थलाई मनन गर्दै प्रमुख खरेलले “पोखरा बोल्छ र सुन्नु पर्छ “ भन्ने मान्यता केन्द्रमा पनि स्थापित भएकाले यहाँका व्यवसायीको जुन आवाज छ त्यसले पक्कै पनि सकरात्मक सन्देश दिने भएकाले अर्थतन्त्रलाई पूर्ववत अवस्थामा ल्याउनमा पनि व्यवसायीको साथ र सहयोग चाहिने उनको भनाई थियो ।

Advertisement

सोही अवसरमा नेपाल बैंकर्स एसोसियसनका गण्डकी प्रदेशका अध्यक्ष सबिन केसीले बैंकमा देखिएको अस्वच्छ व्याजकाे प्रतिस्पर्दा र लगानीका सम्भावनाको खोजी नगर्दा अर्थतन्त्रमा कमजोर अवस्था आएका बताए । यसको निराकरणका लागि राष्ट्र बैंकले अहम भुमिका निभाउनुपर्ने सुभाव राखेका थिए ।

कार्यक्रममा ग्रीन डेभलमेण्ट बैंकका निमित्त कार्यकारी निर्देशक हरि बुढाथोकीले लगानीमैत्री वातावरण सृजना गरि उत्पादनसिल क्षेत्रमा लगानी गर्न सरकारले प्रेरित गर्ने हो भने दुई चार महिनामा नै अर्थतन्त्रमा सुधारका लक्ष्यणह्ररु देखिने धारणा राखेका थिए ।

Advertisement

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरीले अर्थतन्त्रमा देखिएको विशम परिस्थीतिलाई समयमा नै निराकरण नगर्ने हो भने अझ बढि समस्या आउने तर्फ संकेत गर्दै यसका लागि साझा अवधारणाको खाँचो औल्याएका थिए ।

कार्यक्रममा संघका अध्यक्ष छत्रधर आत्रेयले व्यसायीहरुमा लगानी गर्ने अवस्था नभएकाले कसरी धानिने भन्ने मात्र चिन्ता रहेकाले यसको समधानका लागि राष्ट्र बैंकले सहि नीति र कार्य योजना ल्याउनुपर्ने सुझाव राखेका थिए । संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष बिनोद श्रेष्ठले गरेका थिए ।

तपाईको प्रतिक्रिया