सार्वजनिक जग्गामा संरचना नबनाऊन पाेखरा ३१ काे आग्रह

समाधान संवाददाता २०७९ असोज १४ गते १३:१५

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं ३१ वडा कार्यालयले पोखरा ३१ मा सार्वजनिक जग्गा अतिक्रमण सडकमा नयाँ संरचना निर्माण नगर्न आग्रह गरेको छ ।

पोखरा ३१ म सार्वजनिक जग्गा अतिक्रमण र बेगनासतालको वरिपरि मापदण्डभित्र नयाँ संरचना निर्माण नगर्न मंगलबार एक सूचना प्रकाशित गरी जानकारी गराइएको हो । असोज ९ गतेको वडा समितिको बैठकको निर्णय अनुसार वडावासीलाई जानकारीका लागि सूचित गरिएको वडाध्यक्ष ढकनाथ कँडेलले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया