मेराे राेजाइ केन्द्रकै उम्मेदवार बन्ने छ: पूर्व गृहमन्त्री अधिकारी

समाधान संवाददाता २०७९ असोज १४ गते १६:४२

पाेखरा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफू केन्द्रकै उम्मेदवार बन्ने  इच्छा रहेकाे बताएका छन् ।

शुक्रबार पाेखरामा पत्रकारसँग कुरा गर्दै उनले अाफू यसअघि नै केन्द्रमा उम्मेदवार भइसकेकाले पुन प्रतिनिधि सभाकै उम्मेदवार हुने इच्छा रहेकाे बताए ।

`हुन त पार्टीले कुन क्षेत्रमा टिकट दिन्छ थाहा छैन । मेराे इच्छा केन्द्रमै उठ्ने छ,´ उनले भने, ´इच्छा हुँदा हुँदै पनि पार्टीले कुन ठाउँमा टिकट दिन्छ भन्ने हाे । एउटा कुरा सत्य भन्छु, पृथ्वीसुब्बा गुरूङ प्रदेशमा उठ्नुभयाे भने म प्रतिनिधि सभामा उठ्छु । उहाँ केन्द्रमा उढ्नु भयाे भने म प्रदेशमा उठ्छु ।´

Advertisement

तपाईको प्रतिक्रिया