निर्वाचन प्रक्रिया एउटा आन्दोलन होः महासचिव गुरुङ

समाधान संवाददाता २०७९ असोज १५ गते ९:५४

पोखरा ।

नेकपा माओवादी केन्द्रका महासचिवमा देव गुरुङले निर्वाचन संविधानको कार्यान्वयन गर्ने महत्वपूर्ण माध्यम भएको बताएका छन् । शनिबार पोखरामा आयोजित एक कार्यक्रममा महासचिव गुरुङले समाजिक एकता भंग हुँदै गइरहेको अवस्थमा आउँदो प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनबाट चुनिने नेतृत्वले समाजिक एकता कायम गर्नुपर्ने बताए । ‘निर्वाचन एउटा आन्दोलन हो । यसले संविधानको कार्यान्वन र अवलम्बन गरेर सहि नेतृत्वका छनोट गर्छ । यसले विधिको शासन कायम गर्न महत्वपूर्ण हुने भएकाले मंसिर ४ को निर्वाचन सबैका लागि महत्पूर्ण छ,’ महासचिव गुरुङले भने ।

Advertisement

देश विकासका गर्न समाजिक रुपमान्तरण आवश्यक रहेकाले समाज रुपान्तरण गर्दै समाजवादको विकास तर्फ अगाडि बढ्नुपर्ने उनकाे भनाइ छ । ‘अबको यात्रा भनेको समाजवादी क्रान्ती हो । संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि अझै सम्राज्यबाद देखिन्छ,’ उनले भने, ‘अब समाजवादी क्रान्तिमा अगाडि बढेर व्यक्तिगत चिन्तन, सोचर र विचार परिवर्तन गर्नुपर्छ ।’

गुरुङले राष्ट्रिपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नहुनु दुखद भएको बताए । राष्ट्रिपतिको कदमले संघीय गणातन्त्रीक व्यवस्था धरापमा परेको उनकाे आरोप छ। ‘संसद र राष्ट्रिय सभाबाट पारित भएको विधेयक प्रमाणीकरण नहुनु दुखद छ । यसले हाम्रो व्यवस्थालाई नै धरापमा पारेको महँशुस भएकाे छ । यसकारण फेरी पनि बाम लोकतान्त्रीक एकता हुन आवश्यक छ ।’

Advertisement

तपाईको प्रतिक्रिया