रहेनन् मर्दी ट्रेकका ब्रेन फादर

समाधान संवाददाता २०७९ असोज १६ गते १०:३२


पोखरा ।
मर्दी हिमाल पदयात्राका सुरुवातकर्ता युवा पर्यटन व्यवसायी सुदीप गौतमको आकस्मिक निधन भएको छ । शुक्रबार खानेपानी पाइप मर्मत गर्न जाँदा २ सय मिटर तल खसेर उनको ज्यान गएको हो । एक दशक सुनसान रहेको मर्दी हिमाल पदयात्रालाई विश्वमाझ परिचित गराउने गौतम मर्दी टे«कका बे्रन फादर हुन् ।
उनले यो रुट प्रवद्र्धन गर्ने नयाँ रुटहरू बनाए । हिंड्न सहज बनाउन ठाउँ ठाउँमा बोर्ड राख्ने, व्यवसायीदेखि सरोकारवाला निकायसम्मको ढोका ढक्ढक्याएका थिए । पर्यटकीय मौसममा कुनै मेलाभन्दा कम भीड हुँदैनथ्यो मर्दी हिमालको काखमा । यो वातावरण बनाउने अग्रणी उनै सुदीप थिए । मर्दी हिमालको सेरोफेरो पशुपालन गर्ने ठाउँ भएकाले भेडा, भैंसी, चौंरी र याकहरू चर्थे ।
२०७२ को विनाशकारी भूकम्पपछि तंग्रिएको मर्दी टे«कमा आजकल सिजनमा दैनिक तीनदेखि पाँच सयसम्म पर्यटक भ्यु पोइन्ट पुग्छन् । उनी नेपाल पर्वतारोहण संघ गण्डकीका संस्थापक सचिवसमेत हुन् । नेपाल ट्रेकिङ एजेन्सिज अफ नेपाल (टान) मा समेत आवद्ध थिए । अब पर्वतारोहण संघको नेतृत्व सम्हाल्ने योजनामा थिए उनी । तर उनको त्यो सपना अधुरो नै रह्यो ।
माछापुच्छ«े गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष राम गुरुङ भन्छन्, ‘हिजोको दिन मर्दी हिमालका लागि कालो दिन रह्यो ।’ गौतम नेपाली कांग्रेस कास्की जिल्ला सदस्य थिए । पर्यटन व्यवसायी, समाजसेवी गौतमक मर्दी हिमालको हाइक्याम्पमा खानेपानीको मुहान सफाइका सुरुवातकर्तासमेत हुन् । नेपाली कांग्रेस कास्की सचिव भानु ढकालले मर्दी हिमाललाई पदमार्गका रूपमा विश्वसामु चिनाउने अगुवाको निधनले अपुरणीय क्षति भएको सुनाए ।
कास्कीको माछापुच्छ«ेमा जन्मेका उनी माध्यमिक तहको पढाइ त्यही सकेर पिएन क्याम्पसमा भर्ना भएका थिए । पछि उनी उच्च शिक्षाका लागि स्विट्जरल्यान्ड गएका थिए । २०६२÷६३ मा जनआन्दोलनको सफलतासँगै सशस्त्र विद्रोह औपचारिक अन्त्य हुँदै गर्दा सुदीपले हाइ क्याम्पमा टि हाउस खोलेका थिए ।
‘कम्तीमा पर्यटकले बास बस्ने ठाउँ पाए टेन्ट बोकेर त आउनुपर्दैन,’ उनी भन्थे । अहिले पनि उनको ८ कोठे घर छ, त्यस बेला बनाएको टि हाउस २०७२ को भूकम्पले भत्काएपछि नयाँ घर बनाइएको हो ।
सुदीपकै आग्रहमा क्रमशः मर्दी पदयात्रा वरीपरी टी हाउसहरू बने । तर नयाँ रुट भएकाले न पर्यटक पर्याप्त थिए, न गएका पर्यटकलाई दिने स्रोत–साधन जुटाउन सहज थियो । पानीसमेत तल सिदिङबाट ड्रममा बोकेर लैजानुपथ्र्याे । पाहुना नआउँदा स्थानीय आत्तिन्थे । सुदीपलाई गाली गर्थे ।
ऋहिले आन्तरिक पर्यटकको लर्को मर्दीमा छ । यो ‘ट्रेन्ड’ रातारात चलेको होइन, यसमा सुदीपको योगदान छ । भूकम्पपछि अन्यत्र जस्तै मर्दीमा नेपाली पदयात्री हृवात्तै बढे । सुदीपले मर्दी ट्रेकमा छिट्टै बैंस ल्याए । हिजोका दिन संघर्षमय भए पनि आज गाउँको मुहार फेरिएको छ ।
त्यहाँ ६०–७० गेस्टहाउस बनेका छन् । झण्डै ३ सय मानिसले प्रत्यक्ष रोजगारी पाएका छन् । गौतम पछिल्लो समय पनि मर्दीलाई चिनाउन लागिपरेका थिए । टिकटक, फेसबुकमा प्रचार गरिरहेका थिए । पर्यटक व्यवसायी गणेश थापाले मर्दी पदयात्रा सुरक्षित बनाउन सुदीपको जति योगदान कसैको नरहेको दाबी गर्छन् । भन्छन्, ‘उहाँमा एकमात्र भावना थियो । त्यो हो, मर्दी हिमाल विश्वको उत्कृष्ट पदयात्रा बनोस् । सबैले पदयात्राको अनुभव लिन सकूँन् ।’

तपाईको प्रतिक्रिया