उत्तर कोरियाद्वारा जापानी आकाशमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
जापान — उत्तर कोरियाले मंगलबार बिहान जापानी आकाशमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । क्षेप्यास्त्र प्रहारसँगै जापानी सरकारले होक्काइदो द्वीपका बासिन्दालाई घरबाहिर ननिस्कन निर्देशन दिएको छ ।
उक्त अवधिभर रेल सेवा अस्थायी रुपमा रोकिएको थियो । सन् २०१७ पछि उत्तर कोरियाले पहिलोपटक जापानी आकाशमाथि क्षेप्यास्त्र प्रहार गरेको हो । उत्तर कोरियाले मंगलबार मध्यम दूरीको क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि ब्यालेस्टिक र परमाणु हतियारको परीक्षण गर्न प्रतिबन्ध लगाए पनि उत्तर कोरियाले भने पटक(पटक यस्ता क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । ुउत्तर कोरियाले क्षेप्यास्त्र प्रहार देखिएको छ । घरभित्र वा अन्डरग्राउन्डबाट बाहिर ननिस्किनुहोला,ु जापान सरकारले मंगलबार बिहान जारी गरेको अलर्टमा भनिएको छ ।
यस्तो अलर्ट दुर्लभ रुपमा जारी गर्ने गरिएको छ। अधिकारीहरुले उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र जापानभन्दा करिब ३ हजार किलोमिटर पर प्रशान्त महासागरमा खसेको जनाएका छन् । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले उत्तर कोरियाली कार्यको कडा शब्द भर्त्सना गरेका छन् । उनले त्यस कार्यलाई ुहिंस्रकु कार्यको संज्ञा दिएका छन् । सो घटनापछि जापानले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ ।
उत्तर कोरियाले जापान र अमेरिकाको ध्यानाकर्षण गर्नका लागि क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । दुवै देशले उत्तर कोरियाका नेता किम जोङ उनलाई कुनै महत्त्व नदिएपछि जापानी आकाशमा क्षेप्यास्त्र प्रहार गरेको हुन सक्ने जापानी अधिकारीहरूले बताएका छन् ।








एमालेले देशलाई गलत बाटोमा जान दिँदैन : अध्यक्ष ओली
नौलो घुम्ती नेपालद्वारा मादीमा सञ्चालित परियोजनाको अनुगमन, विद्यार्थीलाई न्यानो कपडा वितरण
जनप्रिय बहुमुखी क्याम्पस अध्यक्षमा राजेन्द्र पहारी विजयी
युआरएलमा निःशूल्क थाईराईड, सुगर र दन्त परिक्षण
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया