क्रिकेटर सन्दीप लामिछाने प्रहरी नियन्त्रणमा

समाधान संवाददाता २०७९ असोज २० गते १२:२२

पाेखरा ।

क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार बिहान ११ बजेतिर उनी नेपाल फर्किएसँगै पक्राउ परेका हुन्।

उनलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएर गौशाला लगेको हो। उनलाई हतकडी लगाएर लगिएको प्रहरीले जनाएको छ। नाबालिकामाथि बलात्कारको आरोप उनीमाथी छ । सन्दीपले आफ्नो फेसबुक पेजमा स्टाटस राख्दै बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन विमानस्थल अवतरण गर्ने बताएका थिए। उनले नेपालमा आएर आफूमाथि लागेको आरोपको सामना गर्ने पनि लेखेका थिए।

तपाईको प्रतिक्रिया