
स्याङ्जा ।
अविरल वर्षासँगै पहिरो खस्दा स्याङ्जाको वालिङ–१३ ठूलाखेतका ५ घर जोखिममा परेका छन् । प्लटिङ गरिएको जग्गामा लगाइएको अग्लो पर्खाल भत्किएर पहिरो जाँदा ५ घर जोखिममा परेको र त्यहाँका मानिसहरु विस्थापित भएको वडा अध्यक्ष नमलाल डुम्रेले जानकारी दिए ।
उनका अनुसार स्थानीय धनबहादुर डाला, पृथलाल गुरुङ, तनबहादुर सारु, इन्द्रबहादुर सार्की र रामबहादुर सार्कीका पक्की घर जोखिममा परेपछि परिवारका सदस्यहरुलाई छिमेकीको घरमा सारिएको हो । मानवीय क्षति नहोस् भनेर उनीहरुलाई छिमेकीको घरमा सारिएको नगर प्रमुख कृष्ण खाँणले बताए ।
पानी परिरहेकाले थप क्षति हुन नदिन पहिरो गएको ठाउँमा त्रिपाल र प्लास्टिकले छोपिएको छ । पानी रोकिएपछि प्राविधिक तथा विपद व्यवस्थापनको टोलीले निरीक्षण गरी बस्न हुने/नहुने बुझेर सोही अनुसारको प्रक्रिया अगाडि बढाइने नगरप्रमुख खाँणले बताए ।
नगरपालिकाले प्रदेश र केन्द्र सरकारसँग राहत तथा सहयोगका लागि पहल गर्ने पनि उनले बताए ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया