कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

पोखरा ।
नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूणिर्माका दिन आयोजना गर्दै आएको शुभकामना आदान/प्रदान तथा चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको छ ।
यस वर्ष कोजाग्रत पूणिर्माकै दिन प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मनोनयन दर्ताको कार्यक्रम रहेकाले चियापान कार्यक्रम आयोजना नगरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिए ।
‘असोज २३ गते नै पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत उम्मेदवारहरूले उम्मेदवारी मनोनयन गर्नु पर्ने भएकाले यस वर्षको असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने व्यहोरा सबैलाई जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
२०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूणिर्माको दिन चियापान कार्यक्रम गरी शुभकामना आदान/प्रदान गर्दै आएको छ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया