गोरखा २ मा प्रचण्डसँग एमालेका अब्दुस मियाँ भिड्ने
पोखरा ।
गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट अब्दुस मियाँले उम्मेदवारी दर्ता गराएका छन् । मियाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।
मियाँले निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा १ बजे पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । ३० वर्षीय मियाँ रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीबाट राजनीति सुरु गरेका थिए । युथ इनिसिएटिभको अध्यक्ष त्याग्दै साझा पार्टीमा लागेका उनी केही समय विवेकशील साझा पार्टीको युवा भातृ संगठनको अध्यक्षको जिम्मेवारीमा थिए ।
पार्टीमा विवाद देखिएपछि मियाँले विवेकशील साझा पार्टी परित्याग गरी काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । तर एमाले प्रवेश गरेपछि उनलाई पार्टीले गोरखाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार दर्ता गराएका छन् ।
एमालेतर्फबाट प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर १ मा रामशरण बस्नेत, क्षेत्र नम्बर १ को ‘क’ प्रदेशसभामा सुरेन्द्र थापा, सोही क्षेत्रको ‘ख’ प्रदेश सभामा मोहन भट्टराई, क्षेत्र नम्बर २ को ‘क’ प्रदेशसभामा राजु राना र क्षेत्र नम्बर २ को ‘ख’ प्रदेशसभामा बसन्त गुरुङ प्रत्यक्षतर्फ एमालेबाट उम्मेदवारी र दर्ता गरिसकेका छन् ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया