पूर्व मन्त्री गौचन बसे, छोरा योगेश प्रतिनिधि सभामा उठे

समाधान संवाददाता २०७९ असोज २३ गते १७:०५
कांग्रेसका लागि प्रतिनिधि सभा सदस्य उम्मेदवार योगेश गौचन थकाली ।

जोमसोम– पूर्व वाणिज्य तथा आपूर्ती मन्त्री रोमी गौचन थकालीका छोरा योगेश गौचन थकालीले आसन्न मंसिर ४ गते हुँने प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांगे्रसका तर्फबाट आईतबार निर्वाचन आयोगमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

Advertisement

संघीयता अघि २०७० सालको प्रतिनिधि सभा निर्वाचन जितेर मन्त्री बनेका पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकाली २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा भने एमालेका उम्मेदवारसंग झिनो मतान्तरले पराजित भएका थिए ।
यसपटक भने पूर्व मन्त्री गौचनले आफु नउठी आफ्नै छोरालाई राजनितिमा प्रत्यक्ष डेभ्यु गराएका हुन् ।

यसअघि पूर्व मन्त्री गौचनको नाम कांग्रेस जनजातीतर्फको समानुपातिक सूचिको ३५ नम्बरमा नाम थियो । उनले समानुपातिक सूचिबाट आफ्नो नाम फिर्ता लिईसकेका छन् ।
मुस्ताङको थासाङ–३ लेते कालोपानी घर भएका प्रतिनिधि सभातर्फको कांग्रेसका तर्फबाट प्रत्यक्ष उम्मेदवार योगेश गौचन थकाली पछिल्लो समय आफ्नो बुवा पूर्व मन्त्री रोमि गौचन थकालीसंगै राजनितिमा सक्रिय थिए । देशको भविष्य निर्माण गर्न र आम जनताको हितका लागि आजको आवश्यकता यूवा पुस्ताको भएकाले आफुन नउठी उत्तराधिकारीलाई अग्रसर गराएको उल्लेख गरे ।

Advertisement

कसकसले दिए उम्मेदवारी
आसन्न मंसिर ४ गते हुँने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको आज मनोनय दर्ता गर्नेदिन मुस्ताङमा दिउँसो २ पछि मात्रै उम्मेदवार दर्ता प्रक्रिया अघि बढाईएको थियो । मुस्ताङमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्यका लागि पहिलो उम्मेदवारी दर्ता गराए । योसंगै नेकपा( एमाले)ले उम्मेदवारी मनोनय पत्र दर्ता गरायो ।

एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि पूर्व सांसद प्रेमप्रसाद तुलाचनले उम्मेदवारी दर्ता गरे । प्रदेशतर्फ ईन्द्रधारा बिष्ट र चन्द्रमोहन गौचनले मनोनयपत्र दर्ता गरे ।
नेपाली कांग्रेसले प्रदेशतर्फको उम्मेदवारी मुस्ताङमै दर्ता गरायो । कांग्रेससहितको सत्ता गठबन्धनका तर्फबाट प्रदेश क मा उपल्लो मुस्ताङ किमलिङका नम्बु गुरुङ र प्रदेश ख तर्फ घरपझोङ–४ जोमसोमका सामाजिक अभियान्ता विकल शेरचनले उम्मेदवारी दर्ता गराएको कांग्रेस श्रोतले जनाएको छ ।
यसैगरी केन्द्रिय तहमा नेकपा(एमाले)संगै चुनावी सहकार्य गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मुस्ताङमा उम्मेदवारी दर्ता गराएको छ । राप्रपाले प्रतिनिधि सभा सदस्यतर्फ घरपझोङ–२ का पूर्व वडाध्यक्ष एवं समाजसेवी मानबहादु विकलाई प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाएको छ ।

Advertisement

प्रदेश ख तर्फ राप्रपा मुस्ताङका पार्टी अध्यक्ष गुञ्ज हिराचनलाई प्रदेश सभा सदस्य उम्मेदवार बनाएको छ । उनीहरुले दिउँसो ४ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

तपाईको प्रतिक्रिया