सत्ता गठबन्धनको सहमति विपरित नेकपा एसका नेताले दिए तनहुँमा उम्मेदवारी

समाधान संवाददाता २०७९ असोज २३ गते १७:२३

पोखरा ।
गठबन्धनको सहमति विपरीत नेकपा एकीकृत समाजवादीका नेताले प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् ।

Advertisement

सत्ता गठबन्धनले सीट बाँडफाँट गर्दा तनहँुमा आफ्नो पार्टीलाई टिकट नदिएको भन्दै तनहुँका ४ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका हुन् । तनहुँ क्षेत्र नम्बर १ क मा विद्या ढकालले उम्मेदवारी दिएकी छन् । १ ख मा कलिला खान उम्मेदवार दिएकी हुन् । तनहुँ क्षेत्र नम्बर २ क मा दुर्गाकुमार श्रेष्ठ र २ ख मा प्रतापलाल श्रेष्ठले उम्मेदवार दिएका हुन् ।


केन्द्रबाट सहमति भएबमोजिम तनहुँमा माओवादी केन्द्र र नेपाली कांग्रेसले पाएका थिए । तनहुँ १ ख मा प्रदेशका पूर्व कानून मन्त्री हरिबहादुर चुमानले माओवादीबाट, माओवादीकै राजेन्द्रकेशरी न्यौपानेले तनहुँ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ क मा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट २ ख मा जीतप्रकाश आले र १ मा अशोककुमार श्रेष्ठ उम्मेदवार छन् ।

तपाईको प्रतिक्रिया