टुरिष्ट उम्मेदवार बनाएको भन्दै कास्की माओवादीका ३७ जनाको सामुहिक राजीनामा

समाधान संवाददाता २०७९ असोज २३ गते १८:४३

पोखरा ।
नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ क मा टुरिष्ट उम्मेदवार बनाएको भन्दै प्रदेश कमिटीका सदस्यसहित ३७ जनाले सामूहिक रानीनामा दिएका छन् । गण्डकी प्रदेश कमिटी सदस्य नवराज भण्डारी, भोजराज पौडेल, राजु शर्मा तिमिल्सिना लगायतका नेताहरुले सामूहिक राजिनामा दिएका हुन् ।

Advertisement


३ को क मा पर्ने माओवादीका माछापुच्छे« गाउँपालिका उपाध्यक्ष गोपाल पोखरेलले पनि राजिनामा दिएका छन् । माओवादी पोखरा महानगरपालिकाका उपाध्यक्ष भानुभक्त अधिकारीले पनि राजिनामा दिएका हुन् । राजिनामा पत्रमा उनीहरुले ३ नम्बरमा क्षेत्रमा रहेका प्रदेश कमिटी, पालिका कमिटी सदस्य, वडा कमिटी अध्यक्षहरुले रहेको बताएका छन् । ‘प्रदेश ३ क को उम्मेदवार प्रदेश ३ ख बाट उम्मेदवार ल्याएर पार्टीले टिकट दिएको कारणले हामी सम्पूर्ण उपस्थित कमरेडहरुले संयूक्त राजिनामा दिएका छौं,’ पत्रमा उल्लेख छ । गठबन्धन तर्फबाट माओवादीले कास्की ३(क)मा दुर्गादत्त भण्डारीलाई उम्मेदवार बनाएको छ । उनको उम्मेवारी प्रति माओवादी कार्यकर्ता असन्तुष्टि बनेका हुन् ।

तपाईको प्रतिक्रिया