राप्रपाद्धारा कास्कीका सबै क्षेत्रमा उम्मेदवारी दर्ता

पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले कास्कीका ३ वटा प्रतिनिधी सभा र ६ वटा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएको छ । एमालेसँग तालमेलको प्रयास असफल भएपछि सबै क्षेत्रमा उम्मेदवारी दिएको राप्रपाले जनाएको छ ।
प्रतिनिधी सभातर्फ कास्की– १ मा डाक्टर सुर्यबहादुर गुरुङ, प्रदेश सभा कमा बाबुराम थापा र खमा डाक्टर महेन्द्रबहादुर कार्कीले उम्मेदवारी दिएका छन् ।
यस्तै, कास्की– २ मा प्रतिनिधी सभा सदस्यका लागि सुवर्णराज पन्त, प्रदेश कमा विजयबहादुर भण्डारी र खमा अरुण गिरीले उम्मेदवारी दिएका छन् ।
यस्तै, कास्की–३ मा प्रतिनिधी सभा सदस्यका लािग जगतप्रसाद सुवेदी, प्रदेशसभा कमा केदारनाथ अधिकारी र खमा हरिराम भण्डारीले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी फिर्ता लिने समयसम्म एमालेसँग तालमेल प्रयास जारी राख्ने र तालमेल नभए एक्लै निर्वाचनमा जाने राप्रपा कास्कीका प्रवक्तासमेत रहेका कास्की–२ खका उम्मेदवार अरुण गिरीले जानकारी दिए । राप्रपाले गत स्थानीय निर्वाचनमा कास्कीबाट करिब ६ हजार मत पाएको थियो ।







बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया