चितवनमा फैलियो स्क्रब टाइफस

समाधान संवाददाता २०७९ असोज २५ गते ११:२५

पोखरा ।
चितवनका विभिन्न अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये २ सय ३० जनामा स्क्रबटाइफस रोगको संक्रमण देखिएको छ । १ हजार ८ सय ७३ जनाको परीक्षणका क्रममा उनीहरुमा संक्रमण देखिएको हो ।

Advertisement

स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार संक्रमितमध्ये १ सय ८ जना चितवनका छन् । यस जिल्लामा भरतपुर महानगरपालिकामा सबैभन्दा बढी ५५ जना संक्रमित भेटिएको केसीले जानकारी दिए । अन्य जिल्ला बाहिरका छन् ।

गत आर्थिक वर्षमा ३ हजार २ सय ८६ जनाको परीक्षणका क्रममा २ सय ८६ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको कार्यालयले जनाएको छ । स्क्रफ टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ ।

स्क्रफ टाइफसमा मानिसलाई उच्च ज्वरो आउनु, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाई र पखालाले सताउनु, स्वास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिबिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्ष्यण देखिने गर्दछ ।

यस रोगबाट बच्न खेत, झाडी वा वनजंगलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने केसीले बताए ।

Advertisement

जिल्लाको विभिन्न अस्पतालमा उपचारका क्रममा आएका बिरामीमध्ये १ हजर १ सय ५५ जनामा डेंगु रोगको संक्रमण देखिएको छ । जसमध्ये ७ सय ९९ जना चितवनका छन् । १ सय ७७ जनाको ठेगाना पहिचान नभएको र २ सय ९९ जना जिल्ला बाहिरका छन् । डेँगुका कारण चितवनमा २ जनाको मृत्यु भएको छ । साउन यता ५ हजार ६ सय ५५ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगु देखिएको हो ।

तपाईको प्रतिक्रिया