पुराना कम्युनिष्ट वकिलमानकाे आशीर्वाद लिएर विद्याकाे चुनावी भेटघाट सुरु

पाेखरा ।
कास्की निर्बाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्बाचन लडेकी विद्या भट्टराई अधिकारीले कास्कीका पुराना वामपन्थी नेता वकिलमान प्रधानाङ्गकाे आशीर्वाद लिएर चुनावी भेटघाट सुरु गरेकी छन् । पक्षघातका कारण लामाे समयदेखि विरामी रहेका ८४ वर्षीय प्रधानाङ्गलाई पाेखरा भैरवटाेल स्थित उनकै निवासमा पुगेर भेटेकी हुन् ।
प्रधानाङ्ग पाेखराकाे नेवार समुदायका सम्भवत पहिलाे कम्युनिष्ट हुन् । नेकपाका सस्थापक नेता पुष्पलाल श्रेष्ठबाट प्रभावित भएर २००८ सालदेखि नै कम्युनिष्ट बनेका उनी २०१५ सालमा भएकाे निर्बाचन समेत लडेका थिए । ०४८ काे निर्बाचनमा एमालेका तुलबहादुर गुरुङलाई जिताउन सकृयतापूर्वक लागेकाे भन्दै उनकाे घरमा आक्रमण समेत भएकाे थियाे ।
टाेल छिमेककाे एक्लाे कम्युनिष्ट भएकाले छिमेकी र दाजु भाइकै ताराे बनेपछि ३ दिनसम्म घरबाट भागेर बाहिरै बसेकाे घटना उनकी श्रीमतीले विद्यालाई सुनाइन् । श्रीमतीले त्याे घटना सुनाउदा वकिलमानले आँखाभरी आशु बनाएका थिए ।
पक्षघातका कारण २०६३ सालदेखि नै बाेल्न र हिड्डुल गर्न नसक्ने अवस्थामा रहेका प्रधानाङ्गलाई भेट्न स्वर्गीय रवीन्द्र अधिकारी बराेबर उनकाे घरमा जान्थे । हेलिकाेप्टर दुर्घटनामा परी अधिकारीकाे निधन भएपछि उनकी धर्मपत्नी विद्यालाई एमालेले चुनाव लडाएकाे थियाे र उनले झण्डै ८ हजार मतान्तरले निर्बाचन जितेकी थिइन् ।
यस पटककाे निर्बाचनमा पनि एमालेले विद्यालाई नै टिकट दिएकाे छ । विद्यासँग सत्ता गठबन्धनकाे तर्फबाट नेकपा एकिकृत समाजवादीका श्रीनाथ बराल चुनावी मैदानमा छन् ।








रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
पोखरा र माछापुच्छ्रेमा वृद्धाहरूको गहना लुटपाट : स्कुटर चढेर चोरी गर्ने गिरोहसहित ५ जना पक्राउ
फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया