धौलागिरि आधार शिविरमा दुई नेपालीको मृत्यु

जोमसोम ।
धौलागिरि आधार शिविरमा नेपाली पथप्रर्दशक र भरिया गरी दुई जनाको मृत्यु भएको छ । प्रतिकुल मौसमका कारण भारी बोकाएर लगिएका ४५ वटा घोडा खच्चड बेपत्ता भएका जनाइएको छ।
दसैंअघि फोर सिजन ट्रेकिङ कम्पनी मार्फत आधार शिविरमा पुगेका दुईजना प्रथप्रर्दशक र भरियाको प्रतिकुल मौसमका कारण हिउँमा पुरिएर मृत्यु भएको मुस्ताङको घरपझोङ–२ मार्फाका घोडा खच्चड गोठाला माइकल परियारले जानकारी दिए। हिउँले पुरिएर मृत्यु भएका उनीहरुको बारेमा अन्य जानकारी आउन बाँकी छ।
यस्तै, प्रतिकुल मौसमकै कारण धौलागिरि आधार शिविरमा ४५ वटा घोडा र खच्चड बेपत्ता भएका छन्। दसैंअघि असोज १८ गते मुस्ताङको मार्फाबाट ट्रेकिङका लागि चाहिने सामानहरु बोकेर धौलागिरि आधार शिविर पुगेर पुन मार्फा फर्किंदै गरेका घोडा र खच्चड हावाहुरी र हिउँमा पुरिएर बेपत्ता भएका माइकल परियारले जानकारी दिए। थमसेर्कु ट्रेकिङ कम्पनी मार्फत मुस्ताङको मार्फाबाट भारी बोकाएर गएका माईकल परियारका २८ वटा र अन्यका १७ वटा गरी ४५ घोडा र खच्चड धौलागिरि आधार शिविरमा बेपत्ता भएको हो ।
आधार शिविरमा पुगेका ९ गोठालामध्ये ४ को उद्दार
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले धौलागिरि आधार शिविरमा पुगेका ९ जना गोठालामध्ये ४ जनाको मंगलबार बिहान हेलीमार्फत उद्दार भएको जानकारी दिए। उनका अनुसार आधार शिविरको इटालियन बेस क्याम्पमा अझै ५ जना नेपालीको उद्दार हुन बाँकी छ। उनीहरु सकुशल रहेको र मौसम प्रतिकुलताका कारण उद्दारमा अवरोध सृजना भएको बताए।
‘हामीसँग खच्चड र गोठाला लगेको थमसेर्कु ट्रेकिङ कम्पनी सम्पर्कमा आएको थियो। कम्पनीले ९ जनामध्ये ४ जनाको उद्दार भइसकेको र अरु ५ जनाको उद्दार हुन बाँकी भएको जनाएको छ। मौसम सुधार भएमा इटालियन बेस क्याम्पमा रहेका उनीहरको पनि चाँढै उद्दार हुनेछ।’
पर्यटकको भारी लिएर धौलागिरि क्षेत्र पुगेका मार्फाका माईकल परियारसहित अन्य ८ जना मौसम प्रतिकुलताका कारण ७ दिनसम्मै आधार शिविरमा अलपत्र परेको जनाए।‘मार्फाबाट खच्चडमा भारी लिएर धालागिरि शिविरमा पुग्यौं, फर्किंदा मौसम प्रतिकुल बन्योु , माईकलले भने , ु७ दिनसम्म ठाँटीमै बस्यौं, खच्चड कता हराए हराए।’
दसैंअघि विभिन्न ट्रेकिङ एजेन्सीहरु मार्फत धौलागिरि क्षेत्रमा सयौंको संयामा विदेशी पर्यटकसहित नेपाली गएका थिए। त्यहाँबाट हेलीमार्फत विभिन्न ट्रेकिङ कम्पनीले आफ्ना पर्यटक तथा पथप्रदर्शकलाई उद्दार गरेका थिए।
अलपत्र ३० विदेशी पर्यटक सम्पर्कमा
यस्तै, मनाङको थोरङ्लापासमा अलपत्र परेका ३० विदेशी पर्यटक सोमबार सम्पर्कमा आएका छन्। प्रतिकुल मौसमका कारण मनाङ र मुस्ताङको सीमाना थोरङ्लापासमा उनीहरु अलपत्र परेका थिए। उनीहरु सबै सुरक्षित रहेका मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिए। ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल९ टान०का महासचिव बिनोद सापकोटाले नेपालको पश्चिमी हिमाली क्षेत्रमा सयौं पर्यटक गएका र उनीहरुमा कतिपय पर्यटक अलपत्र र सम्पर्कविहीन रहेको बताएका छन्।
विभिन्न कम्पनीबाट के कतिको संख्यामा पर्यटक गएका थिए र उनीहरुको अवस्था तथा विवरण प्राप्त हुन नसकेको टानका महासचिव सापकोटाले उल्लेख गरे।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया