महानगरले गर्याे फेवातालमा सरसफाइ

पोखरा ।
पोखरा महानगरपालिकाले मंगलबार फेवातालमा सरसफाइ गरेको छ । फेवाताल सरसफाइ अभियानमा पोखराका ३३ वटै वडाका जनप्रतिनिधि सहित ५ हजार बढीको सहभागिता थियो ।
२ सय भन्दा बढी ट्रक फोहोर संकलन गरिएको पोखराका मेयर धनराज आचार्यले जानकारी दिए । अभियानलाई आगामी दिनमा निरन्तरता दिन महानगरले स्थायी संयन्त्र निर्माण गर्ने उनले बताए ।
‘फेवाताल संरक्षण गर्नु तपाई हामी सबैको ड्युटी हो, प्रमुख आचार्यले भने,’ स्थानीय पर्यटन व्यवसायी तथा होटेल व्यवसायीहरूको साथ सहयोग पनि जरुरी छ ।’
पोखरा महानगरपालिका फेवातालको संरक्षण, विकास र प्रवर्द्धन प्रति प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताएका छन् । तालको छेउका व्यवसायीको ताल संरक्षण तथा सरसफाइमा कम चासो देखिएको प्रति प्रमुख आचार्यले चिन्ता व्यक्त गरे । आफ्नो आसपासको क्षेत्रमा नियमित सरसफाइ गर्न उनीहरूलाई आग्रह गरे ।
सरसफाईका लागि फेवाड्याम, ड्यामसाईड पार्क, केदारेश्वर घाट १, २, फिस्टेल घाट १,२, अम्बोट घाट १,२, नयाँघाट, गौरी घाट १, २, बाराही घाट १, २, नेपाल ट्रष्ट, पाहारी घाट १, २, माछा सेक्सन १, २, फेवाघाट १, २, सुइमिङ्पुल हल्लनचोक १, २, क्याम्पीङ चोक १, २, खहरे घाट, बंगलादी घाट, गैरी चौतारा, वाटर फ्रन्ट, रातेमाटो डाँडा, फ्याउरे घाट दुनाटपरी, क्यारोनोभा खपौदी र इन्द अफ दि लेक गरि ३३ वडा पोइन्टहरु निर्धारण गरिएको थियो ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया