सदस्य सचिव गुरुङको अवकाश, खेलकुद परिषद नेतृत्व विहीन

पोखरा ।
प्रदेश खेलकुद परिषद गण्डकी सदस्य सचिव तेजबहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदको पूर्व सन्ध्यमा अवकाश पाएका छन् । ६० वर्षे उमेर हदबन्दीका कारण गुरुङले अनिवार्य अवकाश पाएका हुन् ।
खुला प्रतिष्पर्धामार्फत १९ महिनाअघि प्रदेश खेलकुद परिषद गण्डकीको स्थापनासँगै चार वर्षका लागि उनले गण्डकी प्रदेश सरकारबाट नियुक्ति पाएका थिए । गण्डकी प्रदेशमा ३९ वर्षपछि आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदको तयारी र प्रतियोगिता चलिरहँदा गुरुङको अवकाशसँगै प्रदेश खेलकुद परिषद नेतृत्व विहीन हुन पुगेको छ ।
नवौं राष्ट्रिय खेलकुदको पूर्वसन्धयामा प्रदेश खेलकुद परिषद नेतृत्व विहीन
अवकाश पाउनुअघि पत्रकार सम्मेलन गरी सदस्य सचिव गुरुङले यसलाई नियमित प्रक्रिया रहेको बताए । उनले भने, ‘१९ महिनाको अवधिमा प्रदेशको खेलकुदलाई चुनौतीपूर्ण घडीमा स्थापित गर्न हामीले जुन भूमिका खेल्यौं, त्यो महत्वपूर्ण र उपलब्धिमूलक रहेको छ ।’
सदस्य सचिव गुरुङले जारी गरेको प्रेस विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो समाज र नेतृत्वले खेलकुदप्रतिको बुझाई धेरै सकारात्मक नभइसकेको अवस्थामा हाम्रा स्रोतमा धेरैसीसमितता रहन्छ भन्ने कुरामा पूर्व अनुमान रहेकै विषय थियो । जुन हाम्रानिम्ति प्रमुख चुनौती थियो । तर त्यो चुनौतीलाई चिर्दै हामीले उपलब्धिमूलक रुपमा प्रदेशको खेलकुदलाई चलायमान बनाउन भूमिकामात्रै खेलेनौं, निश्चित गन्तव्य र त्यहाँ पुग्नका लागि ठोस रणनीतिक योजना तय गर्यौं ।’
खेलकुदका लागि पोखरा राम्रो आयोजक र व्यवस्थापक रहेको तर समग्र खेलकुदको नतिजाको दृष्टिकोणले नतिजामुखी बन्न नसकेको उनले जनाए । गुरुङले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङप्रति आभार प्रकट गरेका छन् । सो अवसरमा प्रदेश खेलकुद परिषद गण्डकी उपाध्यक्ष धोजकुमार गुरुङ र सदस्य सचिव गुरुङले प्रदेश खेलकुद परिषद गण्डकीले प्रकाशित गरेको ‘खेल्छ गण्डकी’ बुलेटिन विमोचन गरेका थिए ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया