एपिएफले गण्डकीलाई ९ विकेटले हरायो

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको एपिएफ क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको खेलमा एपिएफले गण्डकीलाई ९ विकेटले पराजित गरेको हो ।
२७ रनको झिनो लक्ष्यका साथ मैदान प्रवेश गरेको एपिएफले २ ओभर २ बलमा पुरा गर्याे एपिएफका कप्तान सिता रानामगरले अविजित सर्वाधिक १२ रन बनाइन् । इन्दुबर्माले अविजित ९ रन र ज्योति पाण्डेले २ रन बनाइन् । गण्डकीकी कप्तान सृष्टीले १ विकेट लिइन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले १८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र २६ रन बनाएको थियो । गण्डकीकी कप्तान सृष्टी जैशीले १४ बलमा १ चौकासहित सर्वाधिक ५ रन बनाइन् । ओपनर विन्दु मगर १७ बलमा ३ रन जोडिन् । एपिएफका लागि इन्दु बर्माले २ विकेट लिइन् । उनले ३ ओभरमा १ मेडनसहित ४ रन खर्चेर २ विकेट लिइन् । सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सीता रानामगर १/१ विकेट लिए । नवौं खेलकुद अन्तर्गत महिला क्रिकेटमा बिहीबारको दोस्रो खेलमा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्नेछन् ।








ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया