पोखरामा प्रथम वडास्तरीय फुटसल हुने

पोखरा ।
पोखरामा ‘सफल व्यवसायीका लागि स्वस्थ्य, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ वडास्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल उद्योग व्यवसायी महासंघ पोखरा महानगर कमिटीको आयोजनामा ‘फाइभ ए साइड’ फुटसल हुन लागेको हो ।
खेलकुदको माध्यमबाट व्यवसायिक एकतालाई मजबुत बनाउने उद्देश्यले फुटसल आयोजना गरिएको महासंघका संयोजक तुलबहादर थापाले बताए । ‘कार्यक्रममा करिब ७ लाख खर्च हुने अनुमान छ,’ उनले भने, ‘बचत रकम सामाजिक कार्य तथा व्यवसायिक हितका साथै अनाथ तथा गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछौं ।’
कार्यक्रममा ५० देखि ६० टिमको सहभागिता रहने महासंघका अध्यक्ष हरि भुजेलले जानकारी दिए । नयाँ खेलाडीलाई अवसर दिई क्षेत्रीय तथा राष्ट्रिय स्तरको खेलाडी बनाउने उद्देश्य रहेको भुजलको भनाइ छ ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहलाई १ लाख, ट्रफि, मेडल र प्रमाण–पत्र, द्वितीय हुने समूहलाई ५० हजार, ट्रफी, मेडल र प्रमाण पत्र साथै बेस्ट प्लेयर, बेष्ट गोलकिपरलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।
प्रतियोगिता कात्तिक १७, १८ र १९ गते पोखरा रंगशालामा हुनेछ ।









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया