अग्रजका सपना पूरा गर्नु सच्चा सम्मानः भट्टराई

पोखरा ।
नेकपा एमाले केन्द्रीय सदस्य एवं कास्की निर्वाचन क्षेत्र नंं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराईले अग्रजले देखेका सपना पूरा गर्न सकेमात्र उनीहरुप्रति सच्चा सम्मान हुने बताएकी छन् । नेकपा एमाले पोखरा १७ ले मुस्ताङचोकमा बुधबार आयोजना गरेको प्रजातान्त्रिक आन्दोलनका योद्धा चित्र बहादुर गुरुङको ३२ औं स्मृति सभामा उनले मुलुकको प्रत्येक परिवर्तनमा अग्रजको अतुलनीय योगदान रहेको जनाइन् ।
मुलुकको प्रजातान्त्रिक आन्दोलनसँगै नेपालमा कम्युनिस्ट पार्टीको स्थापनामा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने गुरुङले राष्ट्र निर्माण देखाएको सपना पूरा गर्न सबै एकतावद्ध भएर लाग्नुको विकल्प नभएको उनको भनाइ छ । नेकपा एमाले केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र २ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार भीम कार्कीले पार्टी नीति, विचार र सिद्धान्तका आधारमा सञ्चालन हुने विश्वास व्यक्त गरे ।
अधिवक्ता तिलक पराजुलीले स्व. चित्रबहादुर गुरुङ मुलुकमा परिवर्तनका लागि रोजगारी सिर्जना गर्दै विकास निर्माणमा जुट्न प्रेरित गर्ने अभियान्ताका रुपमा स्मरण गरे । त्यसअघि पार्टीका नेता तथा कार्यकर्ता, जनप्रतिनिधि, नेकपा एमालको तर्फबाट प्रदेश सभा निर्वाचन क्षेत्र २ (ख) का उम्मेदवार मिना गुरुङ, गठवन्धनका निर्वाचन क्षेत्र नं. २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछाने, स्व.गुरुङका परिवारजन लगायत उपस्थित सर्वसाधारणले गुरुङको अर्धकदको शालिकमा माल्यार्पण गर्दै श्रद्धासुमन अर्पण गरेका थिए ।
पार्टी वडा कमिटी १७ अध्यक्ष ऋषव तिमिलाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव विक्रम गुरुङ लगायतले बोलेका थिए ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया