मुस्ताङमा ४ जनाको उम्मेदवारी फिर्ता

जोमसोम ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मुस्ताङबाट चार जना उम्मेदवारले बुधबार नाम फिर्ता लिएका छन् । राप्रपाका दुई र स्वतन्त्र दुई गरी ४ जना उम्मेदवारले नाम फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङले जनाएको छ ।
एक प्रतिनिधि र दुई प्रदेशसभा निर्वाचनक्षेत्र रहेको मुस्ताङमा उम्मेदवारी फिर्ता लिने दिन आज दिउँसो १ बजेसम्ममा चार जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मुकुन्द आचार्यले जानकारी दिए ।
प्रतिनिधि सभातर्फ ५ दल र २ स्वतन्त्र गरी ७ जनाले उम्मेदवारी दिएकोमा २ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका राप्रपाका मानबहादुर विकले उम्मेदवारी फिर्ता लिएका छन् भने स्वतन्त्रतर्फ डा. सुरेन्द्र शेरचन र सुरज लालचनले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
यसैगरी प्रदेश ‘ख’ तर्फ अहिलेसम्म राप्रापका उम्मेदवार जेम्स हिराचनले मात्र नाम फिर्ता लिएका छन् । प्रदेश क तर्फ एमालबोट ईन्द्रधारा बिष्ट र गठबन्धनबाट नम्डु गुरुङको उम्मेदवारी परेको थियो । प्रदेश ख मा एमालेबाट चन्द्रमोहन गौचन, गठबन्धनबाट विकल शेरचन, राप्रपाबाट जेम्स हिराचन र राप्रपा नेपालबाट कर्मा डोल्कर गुरुङले उम्मेदवारी दिएका थिए ।
उम्मेदवारी फिर्ता लिएका राप्रपाका प्रतिनिधि सभा उम्मेदवार मानबहादुर विकले स्थानीय स्तरको राजनितिक सहमतीपछि एमालेलाई समर्थन गर्दै नाम फिर्ता लिएको बताए । प्रतिनिधिसभातर्फका स्वतन्त्र उम्मेदवार डा. सुरेन्द्र शेरचनले आफु बामपन्थी बटनलाईन भएको र जिल्लाको समग्र राजनितिक कन्टेनलाई आत्मसाथ गर्दै उम्मेदवारी फिर्ता लिएको बताए । उनले उम्मेदवारी फिर्ता लिनु अघि प्रेस विज्ञप्ति जारी गरेका थिए ।
यसैगरी प्रतिनिधि सभाका अर्का स्वतन्त्र उम्मेदवार सुरज लालचनले उम्मेदवार फिर्ता लिएको कारण बताउँन चाहेनन् । योसँगै, मुस्ताङमा प्रतिनिधि सभातर्फ ४ जना र प्रदेश क र ख मा गरी ५ जनाबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया