महिला क्रिकेटमा मधेशको दोस्रो जित

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा बिहीबार भएको दोस्रो खेलमा मधेस प्रदेश विजयी भएको छ । मधेसले सुदूरपश्चिम प्रदेशलाई १५ रनले हराएको हो ।
जितका लागि ९२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले २० ओभरमा ८ विकेट गुमाएर ७६ रनमात्र बनाउन सक्यो । सुदूरपश्चिमका लागि ओपनर ब्याटर रितु कनौजियाले सर्वाधिक २७ रन बनाए पनि टिमलाई जिताउन सकिनन् ।
ओपनर ब्याटर बिन्दु रावल २ रनमा बोल्ड आउट भएपछि सुदूरपश्चिमका अन्य ब्याटरले रनका लागि मेहनत गर्नु परेको थियो । तेस्रो क्रमकी ब्याटर रवि पोदरले १२ रन बनाइन् । यशोदा विष्टले ११ रन बनाइन्, भने अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।
मधेशका सन्तोषी चौधरी, शान्ति चौधरी र अनुराधा चौधरीले समान २ विकेट र सरस्वती कुमारीले १ विकेट लिएकी हुन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन बनाएको थियो । मधेशका लागि ओपनर ब्याटर साना प्रविनले ४९ बलमा ३ चौकाको मद्दतमा सर्वाधिक ३५ रन बनाइन् ।
चौथो क्रमकी ब्याटर गोमा आलेले १० रन बनाइन् भने कप्तान कविता गौतम ९ रनमा अविजित रहिन् । अन्य कुनै खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् ।
सुदुरपश्चिमका लागि सावित्री धामीले ४ ओभर बलिङ गर्दै सर्वाधिक ४ विकेट लिइन् । मनिष चौधरी र याशु पाण्डेले समान एक विकेट लिए ।
पहिलो खेलमा घरेलु टिम गण्डकी प्रदेशलाई आइतबार भएको खेलमा ४० रनले हराएको मधेशको यो दोस्रो जित हो । यो समूहमा दुवै खेल जितेका एपीएफ र मधेशको समान चार अंक भएको छ ।









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया