‘गठबन्धनको विकल्प गठवन्धन नै हो’

समाधान संवाददाता २०७९ असोज २८ गते १६:२९

लेखाथ ।
पूर्वमन्त्रि तथा नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले गठबन्धनको विकल्प गठबनधन नै भएको बताएका छन् । पाँच दलिय गठबन्धनको तर्फबाट शुक्रबार कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ क को तालचोकमा चुनाव प्रचार प्रसारका लागि स्थापना गरिएको सम्पर्क कार्यलयको सुभारम्भ गर्दै नेता थापाले टिकट हात पार्ने सवालमा जे जती दौडधुप र रस्साकसी भए अव त्यसलाई भुलेर गठन्धनका साझा उमेदवार जिताउने अभियानमा लाग्न सवै नेता कार्यक्रर्तालाई अनुरोध गरेका हुन् ।

Advertisement

गठबन्धन गर्नु रहर नभई आवस्यकता भएकाले अवका दिनमा केन्द्रिय निर्देशनलाई पालन गर्दै सवै दलका साथीहरुले पाटीको नियम र निर्देशनको पालन गर्दै कसरी चुनाव जित्न सकिन्छ भन्ने बारेमा साझा अभिमत बनाएर अगाडी बढ्नु बाहेक अन्य विकल्प नभएकाले चुनावी एजेण्डा सहित घरदैलो अभियानमा सहभागी हुन नेता थापाले आग्रह गरेका थिए ।

गठबन्धनको तर्फबाट कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधी सभा सदस्य पदका लागि उमेदवार बनेका किसोर बरालले पाटीगत सिद्धान्त जे जस्तो भए पनि चुनावी एजेण्डा एउटै भएकाले मंसिर ४ गते सम्म विना मनमुटाव चुनावी अभियानमा लाग्नु पर्ने आवस्यकता औल्याएका थिए ।

कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ क मा गठवन्धनका उमेदवार दिपक कोईरालाले गत वर्ष आफु प्रदेश सदस्य भएर गरेका कामको अनुभवलाई सार्थक रुप दिन र अधुरा योजनालाई पुर्णता दिने योजना सहित आफु चुनावी मैदानमा हुमिएको बताए ।

कांग्रेस कास्की क्षेत्र नं १ क का सभापति दुर्गा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेकपा माओवादी केन्द्र कास्की १ की संयोजक निर्मला क्रान्तीले गरेकी थिईन ।

Advertisement

तपाईको प्रतिक्रिया