एपीएफ महिला भलिबलको सेमिफाइनलमा प्रवेश
समाधान संवाददाता
२०७९ असोज ३१ गते १५:४१

पोखरा
म्याग्दीको सदूरमुकाम बेनीमा भएको महिला भलिबल प्रतियोागितामा एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो क्वाटरफाइनलमा एपीएफले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
भलिवलप्रेमी दर्शकको भिडमा रहेको उक्त खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्बिनी प्रदेश माथि जित निकालेको थियो । प्रतियोगितामा वुमन अफ द म्याच एपीएफकी आरती सुवेदी भएकी छन् । क्वाटरफाइनलको दोस्रो खेल खुलामञ्चमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश बीच भइरहेको छ । दिउँसो १ बजे आर्मी र पुलिस, ३ बजे गण्डकी प्रदेश र प्रदेश १ सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् ।
सेमिफाइनल कात्तिक १ गते मंगलबार हुने छ । कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी सहभागिता रहेको छ ।
सम्बन्धित








फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया