अर्घौं कृषि सहकारीको अध्यक्षमा कलाधर चयन

पाेखरा ।
पोखरा २६ स्थित अर्घौं कृषि सहकारी संस्थाको अध्यक्षमा कलाधर पाण्डे चयन भएका छन । संस्थाको शनिबार भएको १२ औं वार्षिक साधारण सभा एवं चौथो अधिवेशनले पाण्डेलाई अध्यक्ष चुनेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा पार्वती सिग्देल भटृराई, सचिवमा हरिबहादुर लामिछाने, कोषाध्यक्षमा चन्द्रकान्त पौडेल, सदस्यमा विनोद पाण्डे, रेवतीरमण वस्ताकोटी, राधा सुवेदी सापकोटा, मिना घर्तीमगर र प्रभा पौडेल छन् ।
शेखरनाथ लामिछानेको संयोजकत्वमा उमाकान्त लामिछाने र इन्दिरा ढुंगाना सदस्य रहेको लेखा समितिसमेत गठन गरिएको छ । निर्वाचन गराउनका लागि नारायणदत्त बस्ताकोटी संयोजक र कुशलबाबु लामिछाने र मित्रलाल तिमिल्सिना सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
सभामा पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले प्राकृतिक स्रोत, साधन र सुन्दरताले भरिपूर्ण वडालाई विकासको दृष्टिकोणले अगाडि बढाउन आफू तत्पर रहेको बताए । उनले स्थानीय क्षेत्रमा रहेको सानो पुँजीलाई एकत्रित गरेर सहकारी संस्थाहरुले आयआर्जन र उत्पादनको क्षेत्रमा उदाहरणीय कार्य गरेको बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार नारायणदत्त बस्ताकोटी, राष्ट्रिय सहकारी बैंकका कर्जा अधिकृत रोशन खतिवडा, सल्लाहकार कुशलबाबु लामिछाने, मेगा बैंक लेखनाथ शाखाका प्रबन्धक प्रकाश सिग्देल, लेखनाथ सहकारी अध्यक्ष हरिबहादुर जिसी, शेयर सदस्यहरुको तर्फबाट चन्द्रकान्त पौडेल र कल्पना घिमिरेले बोलेका थिए ।
उक्त अवसरमा उत्कृष्ट कारोबार गर्ने सेयर सदस्य, ज्येष्ठ सदस्य एवं गत वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको थियो ।








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया