चक्रदेवी सहकारीमा ऋषिको नेतृत्व चयन

पोखरा ।
चक्रदेवी सहकारी पोखरा ३० को अध्यक्षमा ऋषिराम जमरकटेल निर्वाचित भएका छन् । संस्थाको शनिबार भएको ५५ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशनले जमरकटृेललाई अध्यक्षमा चयन गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा उपाध्यक्षमा अर्जुन ताम्राकार, सचिव उपेन्द्र पौडेल, कोषाध्यमा अर्जुन ओझा, सहसचिवमा दुर्गा भुर्तेल शर्मा, सदस्यमा सृजना सुवेदी, कल्पना पौडेल, निर्मल कोइराला, पार्वती अधिकारी, राजु गुरूङ र बलराम भट्टराई छन् । राजेश पौडेलको संयोजकत्वमा सरदबाबु भुजेल र लीलाधर सुवेदी सदस्य गरेको लेखा समितिसमेत गठन गरिएको छ ।
सभामा सहकारी रजिस्टार रमेश घर्तीले सहकारीले सुरक्षित लगानीलाई ध्यान दिनुपर्नेमा जोड दिए । उनले सदस्यमा सहकारीसम्बन्धी ज्ञान हुन जरुरी रहेको बताउँदै सहकारी शिक्षाको अभियानलाई अगाडि बढाउन आग्रह गरे ।
पोखरा ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले सानो पुँजीलाई एकीकृत गर्न सकिएकै कारण विभिन्न आर्थिक गतिविधि सम्भव भएको बताए । उनले सहकारीको क्षेत्रमा नमुना बनेर काम गर्न आग्रह गरे ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष क्षत्रधर आत्रेय, पोखरा ३० का वडा सदस्य विनोदप्रसाद लामिछाने, वरिष्ठ अधिवक्ता खगेन्द्रराज आचार्य, उपाध्यक्ष ऋषिराम जमरकट्टेल, सचिव अर्जुन कुमार ताम्राकार लगायतले बोलेका थिए । सो अवसरमा नवनिर्वाचित जनप्रतिनिधि, उत्कृष्ट कारोवार गर्ने सेयर सदस्य, उत्कृष्ट बचतकर्ता, ज्येष्ठ सेयर सदस्यलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष शिवप्रसाद बास्तोलाको अध्यक्षतामा भएको थियो ।








मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
विद्या भट्टराईको घोषणा : महाधिवेशनमा उम्मेदवारी दिन्न, सांसद पनि लड्दिन
गण्डकी विश्वविद्यालयको ‘विद्यार्थी कल्याण तथा सामाजिक मामिला’ संयोजकमा लामा नियुक्त
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया