नवौं खेलकुदः महिला फुटबलमा एपिएफले गण्डकीलाई ५–० ले पराजित
समाधान संवाददाता
२०७९ असोज ३१ गते १६:०९

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार वालिङको फुटबल मैदानमा भएको महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा एपिएफ क्लब विजयी भएको छ । एपिएफले आयोजक गण्डकी प्रदेशलाई ५–० को गोल अन्तरले पराजित गर्र्दै जित निकालेकोे हो ।
खेलको दोस्रो मिनेटमा एपिएफकी रञ्जना दर्जीले पेनाल्टी मार्फत पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाएकी थिइन । खेलको छैठौ औँ मिनेटमा अनिता केसीले आफ्नो टीमको लागि गोल संख्या दोब्बर पारिन । खेलको ३७ औँ मिनेटमा सरु लिम्बुले तेस्रोे गोल गरिन् ।
खेलकोे ८३ औँ मिनेटमा पुनः रञ्जना दर्जीले व्यातिmगत दोस्रो गोल गर्दे टीमको लागि चौथो गोल गरिन् । खेलको ८८ औँ मिनेटमा अनिता बस्नेतले पाँचौ गोल गरिन् ।
सम्बन्धित







मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
विद्या भट्टराईको घोषणा : महाधिवेशनमा उम्मेदवारी दिन्न, सांसद पनि लड्दिन
गण्डकी विश्वविद्यालयको ‘विद्यार्थी कल्याण तथा सामाजिक मामिला’ संयोजकमा लामा नियुक्त
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया