लोक दोहोरीगीत प्रतिष्ठान कास्की अध्यक्षमा तुलसी चयन

पोखरा ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कास्कीको २१ औं वार्षिक साधारण सभा तथा ८ औं जिल्ला अधिवेशन भएको छ । अधिवेशनले अध्यक्ष तुलसी क्षत्रीको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध रुपमा चयन गरेको छ ।
संस्थाको प्रथम उपाध्यक्ष परशुराम अधिकारी, द्वितीय उपाध्यक्ष दीपक अधिकारी, महिला उपाध्यक्ष रिता कार्की कुँवर, सचिव नारायणबहादुर सुनार, सहसचिव रचित पौडेल, कोषाध्यक्ष नवराज अधिकारी र सहकोषाध्यक्ष दुर्गा क्षत्री छन् । सदस्यमा सुनील गायक, बज्रराज अधिकारी, कमला केसी, भानु पौडेल, विनोद रामदाम, दिवकार भण्डारी, किसान नेपाली, प्रकाश आचार्य, पूजा तामाङ, मनोज नेपाली, समीर रामदाम, श्यामबहादुर क्षत्री, श्यामबहादुर अधिकारी, कृष्णप्रसाद भट्टराई, कमला सुनार राजेन्द्र पोखरेल र आरती अधिकारी छन् ।
कार्यक्रममा राष्ट्रिय लोकदोहोरी पत्रकारिता पुरस्कारबाट पत्रकार एकराज गिरीलाई सम्मान गरिएको छ । समारोहमा अग्रज लोकदोहोरी गायक बद्रीनाथ पराजुली र जग्गादाता अधिवक्ता दुर्गाप्रसाद कोइरालालाई समेत सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष टेक क्षत्रीले जानकारी दिए । प्रतिष्ठानको ३ वर्षे कायकालमा उत्कृष्ट कार्यसमिति सदस्य रचित पौडेल, उत्कृष्ट विभागीय प्रमुख सुनील गायक, अनुशासित कलाकार नवराज अधिकारी र प्रोत्साहन पुरस्कारबाट दिवाकर भण्डारीलाई सम्मान गरिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष तथा कलाकार कल्याणकारी कोषका अध्यक्ष प्रजापति पराजुलीले लोक दोहोरी कलाकार सक्षम र राम्रो काम गर्न सक्ने भए जहाँ पनि बिक्ने बताए । उनले लोक संस्कृतिको जगेर्ना र प्रतिष्ठानको संस्थागत विकासमा सबै कलाकार एकजुट हुनुपर्ने उल्लेख गरे ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले प्रतिष्ठानलाई बलियो बनाउन सिर्जनात्मक र रचनात्मक कार्यक्रम गर्न सुझाव दिए । कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय उपमहासचिव शिव हमाल, प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहाल, पूर्व उपमहासचिव चोलेन्द्र पौडेल, केन्द्रीय सदस्य शंकरविरही गुरुङ, पूर्व केन्द्रीय सदस्य तारापति सुवेदी, प्रतिष्ठानका सल्लाहकार दुर्गाप्रसाद कोइराला, कानुनी सल्लाहकार नारायणप्रसाद शर्मा, प्रतिष्ठानका गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र गुरुङ, प्रतिष्ठान नेपालका संस्थापक कोषाध्यक्ष शान्ति गुरुङ, प्रतिष्ठानका पर्वतका अध्यक्ष दीपक गदाल, लोक दोहोरी गायक बद्रीनाथ पराजुली, प्रतिष्ठान कास्की प्रथम उपाध्यक्ष ज्ञानेश्वर सुवेदी, सचिव माधव चापागाई लगायतले लोक संस्कृतिका बारेमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया