बुद्धिचाल महिला क्लासिकलमा आर्मीलाई स्वर्ण

पोखरा ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा महिला तर्फको क्लासिक इभेन्टमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनी क्लासिक चरणमा ९ अंक प्राप्त गर्दै स्वर्ण पदक जित्न सफल भएका हुन् । प्रतियोगितामा लोहनीले क्लासिक चरणका सवै ९ खेल सम्पन्न हुँदा सवै खेलमा जित निकाल्न सफल हुनुभएको निर्णायक दिपेश गिरीले जानकारी दिए ।
लोहनीले क्लासिक इभेन्टको पहिलो चरणमा बाग्मती प्रदेशकी मार्सल तामाङ, दोस्रो चरणमा सशस्त्र प्रहरी बलकी सुरुची थिङ, तेस्रो चरणमा त्रिभुवन आर्मी क्लबकी सिन्दिरा जोशी र चौथो चरणमा प्रदेश नम्बर एककी खुस्वु थापालाई पराजित गरेका थिए ।
क्लासिकल चरणको पाँचौ चरणको खेलमा लोहनी प्रदेश नम्बर १ की खेलाडी कृतिसारा अधिकारी, छैटो चरणको खेलमा नेपाल पुलिस क्लबकी पुनम प्रसाई, सातौ चरणको खेलमा गण्डकी प्रदेशकी पुजा भण्डारी र आठौ चरणको खेलमा गैह्र आवासिय नेपाली संघ (एनआरएनए) की खेलाडी शान्ति धमला र नवौँ चरणमा एनआरएनएकी सुशिला गुरुङलाई पराजित गरें ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्बलकै सिन्दिरा जोशीले ७ खेलमा जीत र एक खेलमा ‘ड्र’ निकाल्दै रजत पदक जित्न सफल भइन् । त्यस्तै प्रदेश नम्बर १ की खुस्वु थापाले ६ खेलमा जीत र एक खेलमा ‘ड्र’ निकाल्दै कास्य पदक प्राप्त गर्न सफल भएको आयोजकले जनाएको छ । स्वर्ण पदक बिजेता लोहनीले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला क्लासिक तर्फको क्लासिकल इभेन्टमा सवै खेल जितेर स्वर्ण पदक बिजेता बनेका हुन् ।
सोमबारको अन्तिम खेलमा बाग्मती प्रदेशले मधेश प्रदेशलाई १०–५ अंकले पराजित गरेको छ । प्रतियोगीतामा मंगलबार लिग चरणका अन्तिम ८ खेलहरु हुनेछन भने सेमिफाईनल चरणका खेलहरु पनि मंगलबारबाट नै शुरु हुने भएका छन ।








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया