रग्बीमा सकिए १२ खेल

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार रग्बीका लिग चरणका १२ खेलहरु सम्पन्न भएका छन । पुरुषतर्फका खेलहरुमा विभागीय टिम नेपाल पुलिसले सुदुरपश्चिम प्रदेशलाई १०–० ले पराजित गरेको छ भने नेपाल आर्मीले प्रदेश १ लाई २६–० ले पराजित गरेको छ ।
यस्तै गण्डकी प्रदेशले सुदुर पश्चिम प्रदेशलाई १५–७ अंकले पराजित गर्न सफल भएको छ । बाग्मती प्रदेशले मधेश प्रदेशलाई १२–५ अंकले पराजित गर्दा शसस्त्र प्रहरीको विभागीय टिम एपीएफले लुम्बीनी प्रदेशलाई १२–७ अंकले पराजित गर्न सफल भएको छ ।
सोमबार नै महिलातर्फ बिभागीय टिम नेपाल आर्मी ले कर्णाली प्रदेशलाई १७–५ अंकले पराजित गरेको छ भने सुदुरपश्चिम प्रदेश र नेपाल पुलिसको खेल गोलरहित बराबरीमा टुंगीएको थियो ।
यस्तै प्रदेश १ ले बाग्मती प्रदेशलाई १०–५ अंकले हराएको छ भने नेपाल पुलिसले गण्डकी प्रदेशलाई २२–० को फराकिलो अन्तरले पराजित गर्न सफल भएको छ । सुदुर पश्चिमले कर्णाली प्रदेशलाई १७–० ले पराजित गर्दा एपिएफले प्रदेश १ लाई १०–० अंकले पराजित गरेको छ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया