उपभोक्ता मञ्चकाे भेला

समाधान संवाददाता २०७९ कार्तिक १ गते ११:१७

पोखरा ।
उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले उपभोक्ताको सचेतना नै उपभोक्ताको अधिकार र हित संरक्षण गर्ने सबैभन्दा प्रभावकारी उपाय भएको बताए । उनले सबै मानिस उपभोक्ता भएकाले सरकारी, गैरसरकारी निकाय र आम नागरिक नै यसबारे सचेत हुनुपर्नेमा जोड दिए ।

Advertisement

उनले भने, ‘सचेत उपभोक्ता, जिम्मेवार सरकार निकाय, कानुको पालना र नागरिकको खबरदारीले मात्र उपभोक्ता अधिकार सुरक्षित हुन सक्छ ।’ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले आइतबार आयोजना गरेको उपभोक्ता भेला तथा अन्य अन्य सरोकारवालाका लागि सचेतना कार्यक्रममा कोइरालाले यस्तो बताएका हुन् ।

सभामा कार्यपत्र प्रस्तुत गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख शिवजी बरालले खाद्य स्वच्छताका विविध आयामबारे प्रकाश पारे ।

Advertisement

कार्यक्रममा खाद्य निरीक्षक अनिता पौडेल, खाद्य अनुसन्धान अधिकृत प्रदीप काफ्ले, उपभोक्ता मञ्च गण्डकी प्रदेश सचिव राजु अधिकारी, मञ्च कास्की अध्यक्ष राजेन्द्र लिगल, हुमनाथ अधिकारी, , सुजा बास्तोला, गणेश कोइराला लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया