स्क्वासमा गण्डकीका अमृतले जिते स्वर्ण

समाधान संवाददाता २०७९ कार्तिक १ गते १२:३७

पोखरा ।
गण्डकीका अमृत थापामगरले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्क्वासमा पुरुष व्यक्तिगत विधामा स्वर्ण पदक जितेका छन् ।

सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको फाइनल खेलमा थापामगरले बागमतीका अह्रान्त सिम्हालाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । यो सँगै थापामगरले स्वासमा तेस्रो पटक स्वर्ण पदक जिते। उनले सातौ, आठौंमासमेत स्वर्ण पदक जितेका थिए ।

खेलमा थापाले १२–१० मा लिदैं अगाडि बढे । दोस्रो सेटमा ८–११ ले गुमाए। तेस्रो सेटमा १२–१० स्कोरमा लिएर २–१ को सेटमा रहे । तर चौथो सेटमा ९–११ मा पराजित भएपछि निर्णायक सेटमा थापाले ११–८ ले लिदैं स्वर्ण पदक जिते ।

Advertisement

दोस्रो पटक हार व्यहोरेका सिम्हाले रजत पदक प्राप्त गरे । भने बागमतीका अमीर ब्लोन र गण्डकीका दिपक थापाले कास्य पदक जिते ।

Advertisement

तपाईको प्रतिक्रिया