उसु सान्सौमा ४४ खेलाडी क्वाटरफाइनलमा

समाधान संवाददाता २०७९ कार्तिक १ गते १३:०६

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सान्सौ र थाउलु दुवै विधाका खेल जारी छन् । आइतबार उद्घाटन भएको प्रतियोगितामा सोमबार बिहानबाट खेल सुरु भएका हुन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिता सुरुआत गरेका थिए ।

सोमबार बिहानबाट दिउँसोसम्म सान्सौतर्फ ४४ खेल भएका छन् । पुरुषतर्फ ३६ र महिलातर्फ ८ खेलाडी क्वाटरफाइनल प्रवेश गरेको कास्की जिल्ला उसु संघका वरिष्ठ उपाध्यक्ष वीरन्द्र गहतराजले जानकारी दिए ।

महिला ४८ केजीमा सशस्त्र प्रहरीकी गौरी घर्तीमगर र सुदूर पश्चिम प्रदेशकी अस्मिताकुमारी गाहामगर क्वाटरफाइनलमा पुगेका छन् । उनीहरुले क्रमशः बागमती प्रदेशकी सञ्जिता ग्लान र मधेस प्रदेशकी कञ्चन पाललाई हराएका हुन् ।

Advertisement

महिलाको ५२ केजीमा बागमतीकी साशन थिङ लुम्बिनीकी शारदा पौडेललाई हराउँदै अघिल्लो चरणमा प्रवेश गरेकी छन् । सोही तौल समूहमा गण्डकीकी सीमा गुरुङले सुदूरपश्चिमकी पिंकी ठकुल्लालाई हराएकी छन् ।

५६ केजी समूहमा बागमतीकी शशिकला राईलाई रोकेर सशस्त्र प्रहरीकी विद्या गुरुङ क्वाटर फाइनलमा गएकी छन् । ६० केजी समूहमा नेपाल प्रहरीकी रोजिना सुनुवार र कर्णाली प्रदेशकी गोमा आफ्रे अघिल्लो चरणमा पुगेका छन् ।

Advertisement

उनीहरुले क्रमशः बागमतीकी अम्बिका तामाङ र लुम्बिनीकी आयशा शाहीलाई पराजित गरेका हुन् । ६५ केजी समूहमा सशस्त्रकी मनिाषा रावत प्रमिला विकलाई रोकेर अघिल्लो चरणमा गएकी छन् । मनिषा सशस्त्र र प्रमिला प्रदेश १ का खेलाडी हुन् ।

सोमबार बिहान सान्सौमा पुरुषतर्फ १६ खेल भएका छन् । ४८ केजी तौल समूहमा प्रदेश १ का गणेश लिम्बु र नेपाली सेनाका यमराज थापामगर अघिल्लो चरणमा प्रवेश गरेका छन् । ५२ केजीमा गण्डकी प्रदेशकी शिरिष सिंजाली र नेपाली सेनाका मदनकुमार श्रेष्ठ क्वाटर फाइनल पुगेका छन् ।

५६ केजीमा सशस्त्र प्रहरीका रोहित चुनारो र नेपाली सेनाका जनक धामी विजयी भएका छन् । पुरुष ६० केजीमा बागमतीका बुद्धमान तामाङ र सुदूर पश्चिमका सुवास बुढा अघिल्लो चरण पुगेका छन् । ६५ केजीमा बागमती प्रदेशका आशीषा लामा र नेपाली सेनाका राजेश चौधरी विजेता बनेका छन् । ७० केजी तौल समूहमा सशस्त्र प्रहरीका सुवास भुल सेठी र नेपाल प्रहरीका मिलन दनुवार विजयी भएका छन् ।

पुरुषतर्फकै ७५ केजीमा सशस्त्र प्रहरीका अनिष शाही र सुदूर पश्चिमका हरिचन्द्र कार्की अघिल्लो चरणमा गएका छन् । ८० केजीमा सुदूरपश्चिमकी आलोक बुढामगर, ८५ केजीमा बागमतीका विदेश श्रेष्ठ विजयी भएका छन् ।

यस्तै, पुरुष ४८ केजीमा प्रदेश १ का गणेश लिम्बु, सशस्त्र प्रहरीका गौतम श्रेष्ठ, गण्डकीका स्माइल भण्डारी र आर्मीका यमराज थापामगर अघिल्लो चरणमा पुगेका छन् । ५२ केजी समूहमा बागमतीका अनिष परियार, सुदूर पश्चिमका शिवराज सुनारी मगर, प्रदेश १ का अशोक खालिङ, सेनाका मदनकुमार श्रेष्ठ क्वारटर फाइनलमा पुगेका छन् ।

पुरुषतर्फकै ५६ केजीमा सशस्त्रका रोहित चुनारो, प्रहरीका रोशन अछामी, बागमतीका कान्ति लामा र गण्डकीका ज्ञानेन्द्र सिंह अघिल्लो चरण प्रवेश गरेका छन् । यस्तै ६० केजी समूहबाट ४ खेलाडी अघिल्लो चरणमा गएका छन् । सेनाका कमल आचार्य, पुलिसका मुकेश पण्डित, प्रदेश १ का रोहित लिम्बु र सशस्त्रका मंगलबहादुर थारु क्वाटरफाइनलमा पुगेक हुन् ।

यस्तै, ६५ केजी समूहमा सुदूर पश्चिमका पदम ठकुल्ला, लुम्बिनीका अभिषेक ताङनामी, पुलिसका सम्मन धुस्री र सेनाका राजेश चौधरी अघिल्लो चरणमा पुगेका छन् ।
सोमबार दिउँसोबाट थाउलुतर्फका खेलसमेत सुरु भएका छन् । उसुका खेल ३ कात्तिकसम्म चल्नेछन् ।

थाउलोमा पुरुष र महिलातर्फ समान स्वर्ण ४, रजत ४ र कास्य ४ का लागि खेल हुनेछ । प्रतियोगिताका विभिन्न इभेन्टमा करिब ३ सय ४० खेलाडी सहभागी छन् । उसुमा सात प्रदेशका सात टिम र तीन विभागीय गरी १० टिमको सहभागिता छ । एनआरएनको उसुमा सहभागी छैन ।

तपाईको प्रतिक्रिया