महिला क्रिकेटः पुलिसलाई स्वर्ण

समाधान संवाददाता २०७९ कार्तिक १ गते १६:३१

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक नेपाल पुलिस क्लबले जितेको छ । पोखरा रंगशालामा मंगलबार भएको फाइनलमा खेलमा ससस्त्र प्रहरी बल एपीएफ क्लबलाई ५ रनले पराजित गर्दै स्वर्ण पदक जितेको हो ।

पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ८४ रन बनायो । एपीएफका लागि रोमा थापाले सर्वाधिक २६ र राजमती ऐरीले १२ रन जोडे । बलिङमा पुलिसका लागि इश्वरी विष्टले सर्वाधिक २ विकेट लिइन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८९ रन बनाएको थियो । पुलिसका लागि काजल श्रेष्ठले सर्वाधिक २७ रन बनाइन् । एपीएफका नेरी थापा, इन्दु बर्मा र सिता रानामगरले १–१ विकेट लिए ।

Advertisement

पुलिसले डेब्यु प्रतियोगितामै स्वर्ण पदक जितेको हो । पुलिसले नवौं राष्ट्रियका लागि राष्ट्रिय टोलीका कप्तान रुबिना क्षेत्रीको कप्तानीमा टिम बनाएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया