गण्डकीका अनिशलाई स्वर्ण

समाधान संवाददाता २०७९ कार्तिक २ गते ११:१२

पोखरा ।
म्याराथन दौडमा गण्डकी प्रदेशका खेलाडी अनिश थापामगरले स्वर्ण पदक जितेका छन् । अनिशले म्याराथन ४२.१९५ किलोमिटर २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । प्रतियोगितामा १८ जना सहभागी थिए ।

त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत पदक जिते । उनले २ घन्टा २३ मिनेट १४ सेकेन्डमा पूरा गरे । सशस्त्र प्रहरी बल एपिएफका सन्तोषविक्रम विष्टले २ घन्टा ३० मिनेट ५४ सेकेन्डमा दूरी पूरा गर्दै कास्य पदक जिते ।

राष्ट्रिय खेलकुदको इतिहासमा म्याराथनमा गण्डकीले स्वर्ण पदक जितेको यो पहिलो रेकर्ड हो ।

Advertisement

तपाईको प्रतिक्रिया